अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेको २० वर्ष पुरानो मोड्युलको बिदाइ, पृथ्वीको वायुमण्डलमा खरानी बनाइयो

  • Technology Khabar | १५ श्रावण २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेको २० वर्ष पुरानो मोड्युलको बिदाइ, पृथ्वीको वायुमण्डलमा खरानी बनाइयो

काठमाडौं ।

अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा हालै रुसमा बनेको नयाँ नाउका प्रयोगशाला स्थापना गरिएको छ।

बिहीबार यो प्रयोगशाला स्थापना गर्नुअघि २० वर्षअघि देखि त्यहाँ काम गर्दै आएको पुरानो मोड्युललाई हटाउनु थियो। यसमा लागि उक्त २० वर्ष पुरानो मोड्युललाई पृथ्वीको वायुमण्डलमा लयाएर जलाइएको थियो।

पिर्स मोड्युल पृथ्वीको वायुमण्डलमा ध्वास्त पारिँदै

यूरोपियन स्पेस एजेन्सीका अन्तरिक्षयात्री तथा आईएसएसका कर्मचारी थोमस पेस्केटले यो २० वर्षक पुरानो पिर मोडलको अनडकिङदेखि आगोको डल्लो बनुन्जेलको बिदाइका फोटो तथा भिडियो खिचेका थिए।

यो पिर मोड्युल रुसी अन्तरिक्ष एजेन्सी रोस्कस्मसले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनलाई दिएको थियो।

’२० वर्ष सेवा गरेबापत् पदक पाउनुपर्नेमा रोस्कस्मसले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनको सबैभन्दा पुरानो रोस्कस्मस मोड्युललाई वायुमण्डलको यात्रामा पठाइयो’, पेस्केटले मंगलबार ट्वीट गरे।

डीसी-१ का नामले चिनिने यो पिर्स डकिङ कम्पार्टमेन्टले अन्तरिक्षमा हिँड्ने यात्रीका लागि एयरलक तथा अन्तरिक्ष यानका लागि डकिङ पोर्टको रुपमा सेवा पुर्याउँदै आएको थियो।

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार