
काठमाडौं ।
नेपाली विद्यार्थीहरुले बनाएको ‘क्वान्टम’ नामक रकेटको सफल परीक्षण गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटको ‘सुपर सोनिक’ को परीक्षण बिहिबार सफल भएको हो ।
यसअघि नेपाली रकेट गरुडा बनाएको समूहले नै सो नयाँ रकेटको सफल परीक्षण गरेको हो।
थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा सो रकेट परीक्षण गरिएको थियो। सो रकेट सफल परीक्षण गरिएको आविश्कार केन्द्रका संस्थापक डा. महाविर पुनले ट्विटरमार्फत जानकारी दिए।
‘तिहारमा पड्काउने पटाका भन्दा त राष्ट्रिय आविष्कार केन्द्रमा बनेको यो रकेट धेरै राम्रो छ। हेर्नुहोस्। अमेरिकाले उडाउने जस्तो रकेट बनाउन त धेरै समय र मिहिनेत लाग्छ,’ उनले ट्वीटमा लेखेका छन्।
सो सुपर सोनिक रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो । नेपाली विद्यार्थीहरुले बनाएको सो रकेट ६.१ फिट उचाइको छ भने रकेटको तौल ९ किलो रहेको छ।
तिहारमा पड्काउने पटेका भन्दा त राष्ट्रिय आविष्कार केन्द्रमा बनेको यो रकेट धेरै राम्रो छ। हेनुहोस। अमेरिकाले उडाउने जस्तो रकेट बनाउन त धेरै समय र मिहिनेत लाग्छ। अनि यो समाचार पनि पढ्नु होस।
नेपाली विद्यार्थीले बनाएको रकेटको परीक्षण सफल https://t.co/QqmfLcJ0NY pic.twitter.com/OSfv0Gyaa5— Mahabir Pun (@MahabirPun) July 29, 2021
प्रक्षेपणका क्रममा रकेट २.१ किलोमिटरको उचाईसम्म पुगेको थियो । उचाइमा पुगेको रकेट प्यारास्युटको मद्दतमा तल झारिएको थियो ।
रकेट निर्माणमा रामहरि चौधरी, शिवनारायण कुँवर, प्रदिप्त शर्मा, ईश्वर श्रेष्ठ, दानबहादुर घर्तीमगर, दीपेन्द्र बस्नेत र मोहन तामाङ समूहमा रहेका छन् ।
यसअघि सोही टिमले नेपाली रकेट गरुडा बनाएको थियो र सो रकेट सिन्धुलीको भिमानमा सेनाको तालिम केन्द्रमा परीक्षण गर्दा असफल भएको थियो।
यो पनि हेर्नुस्-
प्रकाशित: १४ श्रावण २०७८, बिहीबार