नथिङद्वारा इयर (१) ट्रू वायरलेस इयरबड ९९ डलरमा सार्वजनिक

Technology Khabar १३ श्रावण २०७८, बुधबार

काठमाडौं ।

वनप्लसका सह संस्थापक कार्ल पेईको कन्जुमर टेक स्टार्टअप नथिङले आफ्नो ट्रू वायरलेस इयरबड इयर (१) सार्वजनिक गरेको छ।

यो न्वाइज क्यान्सलिङ इयरबड थुप्रै टिजर, कन्सेप्ट इमेज तथा १०० जोर बिक्री भइसकेपछि आधिकारिक रुपमा सार्वजनिक भएको हो।

यो इयरबड आगामी अगस्ट १७ मा अमेरिका, बेलायत लगायत विश्वका ४५ देशमा ९९ डलर, ९९ पाउन्ड तथा ९९ यूरो तोकिएको छ।

एउटा विज्ञप्तिमा कार्ल पेईले यी इयरबडले आउँदै गरेको कनेक्टेड डिजिटल विश्वको धुन स्थापना गर्ने उल्लेख गरेका छन्।

उनले यस अघि नथिङका सम्बन्धमा आफ्नो योजना जटिल उत्पादन क्याटेगरीका बीच एउटा इकोसिस्टम बनाउनु रहेको बताएका थिए।

पारदर्शी प्लास्टिकको बडी भएको यो इयरबडको सफ्टवयर तथा हार्डवयर स्विडेनको इलेक्ट्रोनिक्स हाउस टीनएज इन्जिजीयरिङले गरेको हो।

एक पटक चार्ज गर्दा ३४ घण्टासम्म ब्याट्री टिक्ने यो इयरबडलाई क्यूआई कम्प्याटिबल चार्जरले वायरलेस तथा यूएसबी-सी केबलमार्फत् वायर्ड हिसाबले चार्ज गर्न सकिने बताइएको छ।

सबैका लागि आउँदो महिना मात्र उपलब्ध हुने इयर (१) जुलाइ ३१ देखि केही निश्चित सङ्ख्यामा किन्न पाइने बताइएको छ।

प्रकाशित: १३ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया