समाचार सार समेटिएको एप ब्रिफका लागि विज्ञ टोली भर्ती गर्दै ट्विटर

  • Technology Khabar | १३ श्रावण २०७८, बुधबार
समाचार सार समेटिएको एप ब्रिफका लागि विज्ञ टोली भर्ती गर्दै ट्विटर

काठमाडौं ।

माइक्रो ब्लगिङ साइट ट्विटरले समाचार सार सेवासम्बन्धी एप ब्रिफका लागि योग्य कर्मचारी भर्ना गर्ने भएको छ।

कम्पनीका प्रवक्ताले मंगलबार यसबारेमा घोषणा गर्दै यो टोलीमा ४ जना रहने र उनीहरुले स्पेसेज र एक्प्लोरजस्ता फिचरमा काम गर्ने जनाएको द भर्जमा उल्लेख गरिएको छ।

कम्पनीले यो भर्ती सम्बन्धमा विस्तृत विवरण दिन नमाने पनि प्रवक्ताले भने ट्विटरले ब्रिफ व्यवसाय किन्न लागेको नभइ यो एक एक्विहायर ‘अर्थात्’ त्यस टिममा काम गरेका कर्मचारीलाई मात्र लिन लागेको बताए।

ब्रिफ एप आगामी जुलाइ ३१ मा शुरु हुने र सब्स्क्राइबरहरुले यसमा आएको परिवर्तनका बारेमा आगामी मंगलबारदेखि नोटिफिकेशन पाउने बताइएको छ।

ब्रिफलाई एक्विहायर गर्नु ट्विटरको कम्पनीहरुको स्वामित्व ग्रहण तथा विज्ञहरुको भर्तीको पछिल्लो प्रवृत्तिको निरन्तरताका रुपमा बुझिएको छ।

कम्पनीले समाचार साइटबाट विज्ञापन हटाउने सब्स्क्रिप्शन सेवा स्क्रोल पनि किनेको छ र यो आफ्नो समाचार सार सेवाको सब्स्क्रिप्शनका लागि लाभदायी सिद्ध हुने बताएको छ।

ट्विटर ब्लू सब्स्क्रिप्शन सेवा गत जुनमा क्यानडा तथा अस्ट्रेलियामा शुरु भइसकेको छ। कम्पनीले न्यूजलेटर सर्भिस रिभ्यूलाई पनि गत जनवरीमा किनेको थियो।

प्रकाशित: १३ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...