पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाईने, नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच समझदारी

  • Technology Khabar | १२ श्रावण २०७८, मंगलवार
पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाईने, नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच समझदारी

काठमाडौं ।

काभ्रेको पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) बीच सात बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

पाँचखाललाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा मंगलबार नगरपालिका नगर प्रमुख महेश खरेल र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन्।

नगर प्रमुख महेशका अनुसार “स्मार्ट सिटी’ परियोजना नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत पर्छ।

पाँचखाल नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको ‘स्मार्ट सिटी’ बनाउन आवश्यक पर्ने प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राबिधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग लगायतका आधारमा समझदारी पत्र तयार गरिएको खरेलको भनाइ छ ।

जग्गा एकीकरण, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपूँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न स्मार्ट सिटी परियोजना निर्माण, विकास तथा कार्यान्वयन गर्ने उद्देश्यले सम्झौता गरिएको हो।

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार