राजस्व सङ्कलन अनलाइनबाट

  • Technology Khabar | १२ श्रावण २०७८, मंगलवार
राजस्व सङ्कलन अनलाइनबाट

काठमाडौं ।

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा अनलाइनमार्फत राजस्व सङ्कलन सुरु गरिएको छ ।

नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले मध्यबिन्दु नगरपालिका–१५ का देशबहादुर गुरुङको अनलाइन प्रणालीबाट सम्पत्ति कर भुक्तानी गर्दै विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरेका हुन् ।

तत्कालका लागि सम्पत्ति तथा भूमि कर, व्यवसाय कर र बहाल कर यो प्रणालीबाट भुक्तानी सुरु गरिएको छ । नगरवासीलाई कर भुक्तानीका लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नुपर्दैन् ।

विद्युतीय भुक्तानी सुरु भएपछि करदाताले घरबाटै राजस्व भुक्तानी गर्नसक्ने नगरप्रमुख रानाले बताए । अनलाइन भुक्तानी प्रणालीले राजस्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजस्वको दायरा वृद्धि गर्ने नगरप्रमुख रानाको विश्वास छ ।

तत्काल ई–सेवा प्रयोगकर्ताले नगरपालिकाको वेबसाइटमार्फत अनलाइनबाट कर भुक्तानी गर्नसक्ने मध्यबिन्दु नगरपालिका आईटी शाखाका नरेश गुरुङले बताए । गोरखापत्र

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार