नबिल बैंकमा कर्जाको लागि अनलाइनबाटै आवेदन दिन सकिने

  • Technology Khabar | ११ श्रावण २०७८, सोमबार
नबिल बैंकमा कर्जाको लागि अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ।

नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्ने जनाएको हो।

यो सुबिधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरिएको छ। यो सुविधा बैंकद्वारा जारी अभियान “नबिल बैंक–गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता” अनुरूप रहेको बैंकले उल्लेख गरेको छ।

बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको मार्फत सेवा प्रवाह गरिरहेको छ।

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...