ट्वीटको रिप्लाइमा अब डिस्लाइक गर्न मिल्ने, परीक्षण गर्दै कम्पनी

  • Technology Khabar | ११ श्रावण २०७८, सोमबार
ट्वीटको रिप्लाइमा अब डिस्लाइक गर्न मिल्ने, परीक्षण गर्दै कम्पनी

काठमाडौं ।

अब ट्वीटको रिप्लाइ दिँदा डिस्लाइक गर्न मिल्ने भएको छ। कम्पनीले हालै आफ्नो एपमा यो नयाँ फिचर थप गर्ने योजनाका साथ आन्तरिक परीक्षण गरिरहेको बुझिएको छ।

अन्तरराष्ट्रिय समाचार माध्यम पीसीम्याग डटकममा उल्लेख भए अनुसार केही दिनअघि निकोलस इग्लेहार्ट नामका एक बिटा यूजरले यसबारेमा संकेत पाएका थिए।

त्यसपछि उनले ट्विटरले थम्ब डाउन अर्थात् रिप्लाइमा डिस्लाइक बटन ल्याउँदै गरेको पोस्ट गरेका थिए।

तर कम्पनीले भने यसलाई कम्पनीले अपभोट र डाउनभोटको नाम दिएको छ र डिस्लाइक होइन भनेको छ। हाल परीक्षणका चरणमा रहेको यो फिचर साँच्चै नै पब्लिकका लागि आएको खण्डमा कम्पनीले होइन भने पनि यसलाई यूजरहरुले डिस्लाइककै हिसाबले प्रयोगमा ल्याउने बुझिएको छ।

 

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...