एलजी इनर्जी सोलुशन विश्व बजारमा ब्याट्री सप्लाइ गर्ने अग्रणी कम्पनी: अध्ययन

  • Technology Khabar | ११ श्रावण २०७८, सोमबार
एलजी इनर्जी सोलुशन विश्व बजारमा ब्याट्री सप्लाइ गर्ने अग्रणी कम्पनी: अध्ययन

काठमाडौं ।

एलजी इनर्जी सोलुशन यस वर्षको पहिलो पाँच महिनामा चीनबाहेक विश्व बजारमा ब्याट्री आपूर्ति गर्ने अग्रणी कम्पनी भएको छ।

हालै एसएनई रिसर्च नामक संस्थाले जारी गरेको प्रतिवेदन अनुसार यस्तो आँकडा बाहिर आएको हो।

दक्षिक कोरियाली उक्त कम्पनीले यो ५ महिनामा ब्याट्री बजारको ३५.५ प्रतिशत हिस्सा ओगटेको थियो जुन गत वर्ष सोही अवधिको तुलनामा ७ प्रतिशत हाराहारीले बढी हो। गत वर्ष एलजीले २८.८ प्रतिशत बजार हिस्सा ओगटेको थियो।

दोस्रो नम्बरमा २७.८ प्रतिशतसहित जापानको पानासोनिक, सामसङ एसडीआई १०.१ प्रतिशतसहित तेस्रो तथा एसके इनोभेशन ९.७ प्रतिशत बजार हिस्सासहित चोथो नम्बरमा रहेको छ।

चिनियाँ ब्याट्री कम्पनी सीएटीएलले भने ९.६ प्रतिशत बजार उपस्थिति सहित पाँचो नम्बरमा पर्न सफल भएको थियो।

टेस्ला मोडल ३ र मोडल वाईका साथसाथै यो कम्पनीको ब्याट्री प्रयोग गर्ने अन्य सवारी साधनहरुको बिक्री बढेका कारण कम्पनीको वार्षिक वृद्धि भने ३११.९ प्रतिशतले उचालिएको छ।

एलजीका ब्याट्री चर्चित मोडलहरु फोल्क्सवागन आईडी.३ तथा आईडी.४ तथा फोर्ड मुस्ताङ माक-ईमा प्रयोग हुन्छ।

सामसङ एसडीआईका ब्याट्री अउडी ई-ट्रोन, फायाट५०० तथा फोर्ड कुगामा लगाइन्छ। यस्तै एसके इनोभेशनले किया निरो, ह्युन्डाइ कोना र बेन्ज जीएलई पीएचईभीका लागि ब्याट्री उपलब्ध गराउँछ।

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...