पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलमा नेपाली टिम डिआरएस गेमिङले जित्यो ७७ लाख रुपैयाँ

  • Technology Khabar | ११ श्रावण २०७८, सोमबार

काठमाडौं ।

नेपाली पब्जी टिम डिआरएस गेमिङले पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल प्रतियोगितबाट ७७ लाख बढी रूपैयाँ बराबरको पुरस्कार जितेको छ।

पब्जी वर्ल्ड इन्भिटेसनल प्रतियोगिताबाट नेपाली टिमले ६५ हजार ५०० सय अमेरिकी डलर (अर्थात करिब ७७ लाख बढी रूपैयाँ) हात पारेका हुन् ।

गत जुलाई २२ देखि २५ सम्म पब्जी मोबाइल वर्ल्ड डन्भिटेसनल २०२१ प्रतियोगिता आयोजना भएको थियो । पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलमा सहभागी भएका १६ टिममध्ये १४४ टोटल पोइन्ट बनाउँदै डिआरएस गेमिङले ८ औं स्थान बनाएको थियो ।

डिआरएसले यो प्रतियोगिताबाट पाएकाे रकम परोपकारी सेवामा खर्चिने घोषणा गरेको छ र टिमले युनिसेफलाई करिब ५४ हजार ५०० डलर दान दिनेछ। यसका साथै अन्य टिमले पनि जितेको रकम दान गर्ने जनाएका छन् ।

पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल प्रतियोगितमा भाल्डस इस्पोर्ट्सले पहिलो स्थानमा बनाएको थियो ।

पब्जीको यो प्रतियोगिताको पुरस्कार राशी ३० लाख अमेरिकी डलर रहेको थियो ।

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया