वनप्लस ८ सिरिजमा अक्सिजन ओएस ओपन बिटा १२ उपलब्ध हुन शुरु

  • Technology Khabar | ११ श्रावण २०७८, सोमबार
वनप्लस ८ सिरिजमा अक्सिजन ओएस ओपन बिटा १२ उपलब्ध हुन शुरु

काठमाडौं ।

वनप्लस ८ वा वनप्लस ८ प्रोमा अक्सिजन ओएस बिटा प्रोग्राममा भाग लिनेहरुका नयाँ अपडेट आउने भएको छ।

यी दुई डिभाइसमा गत वर्ष मात्रै एन्ड्रोइड ११ अपडेट उपलब्ध भएको भए पनि बिटा च्यानलमार्फत् यूजरहरुले नयाँ फिचरहरु परीक्षण गर्न पाउनेछन्। बिटा भर्सनको परीक्षणमा केही समस्या देखा परे त्यसलाई समाधान गरेर मात्र पब्लिक रिलिज गर्ने गरिन्छ।

यो वनप्लस ८ र वनप्लस ८ प्रो का लागि उपलब्ध १२औ अक्सिजन ओएस बिटा हो भने योसँगै गुगलको जुलाइ सेक्युरिटी प्याच पनि उपलब्ध हुनेछ।

यसको चेन्जलगमा धेरैजसो बग फिक्सहरु रहेका र यो अपडेटले वनप्लस स्टोर एप पनि इन्स्टल गर्दछ। धेरैले यसलाई ब्लोटवेयर भने पनि यो सजिलै अनइन्स्टल गर्न सकिने हुनेछ।

वनप्लस ८ तथा वनप्लस ८ प्रो प्रयोग गरिरहेका र अक्सिजन ओएसको पछिल्लो भर्सन भएकाहरुले ओटीएमार्फत् नयाँ अपडेटको जानकारी पाउनेछन्। यसको जम्मा साइज १३९ एमबी रहेको छ भने यसलाई आफ्नो स्मार्टफोनको सेटिङ्सभित्र सिस्टममा गएर सिस्टम अपडेटमार्फत् प्राप्त गर्न सकिन्छ।

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...