राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर टिकटकमा भिडियो बनाउने व्यक्ति पक्राउ

  • Technology Khabar | १० श्रावण २०७८, आईतवार
राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर टिकटकमा भिडियो बनाउने व्यक्ति पक्राउ

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो इडिट गरेर भिडियो शेयरिङ्ग प्लेटफर्म टिककटमा भिडियो बनाएर सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरको आरोपमा झापाको मेचीनगर नगरपालिका–६ बस्ने सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको जानकारी दिएको छ।

उनलाई राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गरेको आरोप लगाईएको छ । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

जिल्ला अदालतको आदेशले घिमिरेलाई ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको ब्यूरोले जानकारी दिएको छ।

प्रकाशित: १० श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार