
काठमाडौं ।
एचबीओ म्याक्सले आफ्नो प्लेटफर्ममा सन् २०२२ भरिमा वार्नर ब्रोजद्वारा निर्मित १० ओटा चलचित्र स्ट्रिमिङ गर्ने भएको छ।
हाइब्रिड स्ट्रिमिङ तथा थियट्रिकल मोडलमा आफ्ना सन् २०२१ का सबै फिल्महरु एचबीओ म्याक्सबाट रिलिज गर्ने निर्णय गरेको वार्नरमिडियाले यसैलाई निरन्तरता दिँदै आगामी वर्ष पनि आफ्ना १० फिल्महरु स्ट्रिमिङ गर्ने भएको हो।
एटीएन्डटीको दोस्रो त्रैमासको आम्दानी सार्वजनिक हुने क्रममा कम्पनीका अधिकारीहरुलाई महामारीका बेला रिलिज गर्ने मोडलले कसरी दीगोपना पाउन सक्ला भन्ने प्रश्न सोधिएको थियो।
गोड्जला भर्सस कङ थियटरमा सफल भएर त्यसमार्फत् ४ करोड ६३ लाख डलर कमाएको वार्नरमिडियाका प्रमुख जेसन किलारले मोशन पिक्चर फर्म्याटले फरक पार्ने र कम्पनीले आफ्ना उपभोक्ताबाट पाएको प्रतिक्रिया निकै राम्रो रहेको बताए।
उनका अनुसार वार्नर ब्रोजले २०२२ मा १० ओटा फिल्म उत्पादन गर्ने र रिलिज भएकै दिन एचबीओ म्याक्सबाट स्ट्रिमिङ गरिनेछ। महामारीले वार्नरमिडिया जस्तो कम्पनीलाई पनि विकल्प खोज्न बाध्य पारेको तथा यसलाई उक्त कम्पनीले राम्री सम्बोधन गरेको बुझ्न सकिन्छ।
प्रकाशित: १० श्रावण २०७८, आईतवार