अब गुगल ड्राइभमा अरु यूजरलाई ब्लक गर्न सकिने, यस्तो छ फाइदा

  • Technology Khabar | १० श्रावण २०७८, आईतवार
अब गुगल ड्राइभमा अरु यूजरलाई ब्लक गर्न सकिने, यस्तो छ फाइदा

काठमाडौं ।

अब गुगल ड्राइभमा अन्य यूजरलाई ब्लक गर्न मिल्ने भएको छ।

सामान्यतया लागि शुरुमा वैध जीमेल इन्टर गर्नुपर्ने हुन्छ। यसो गरेपछि अन्य यूजरकोमा ‘शेयर्ड विथ मी’ सेक्शनमा देखा पर्छ। त्यसबाट मानिसहरुले सामग्री एक्सेस गरेर दुरुपयोग पनि गर्न सक्छन्।

कतिपय अवस्थामा आफूलाई नचाहिने सामग्री ड्राइभबाट रिमुभ गरिसके पनि सर्च वा अन्या ठाउँमा देखा पर्न सक्छ।

गत मे मा गुगलले आफ्नो वर्कस्पेशमा दुरुपयोग कम गर्नका लागि जोखिम विश्लेषण क्षमता बढाउने घोषणा गरेको थियो। यसका विभिन्न उपायमध्ये अन्य गुगल ड्राइभ यूजरलाई ब्लक गर्ने अप्शन पनि एक रहेको छ।

यो सुविधा फ्री एकाउन्टमा पनि उपलब्ध हुने बुझिएको छ।

  • यसमार्फत अन्य यूजरलाई भविष्यमा कुनै पनि सामग्री शेयर गर्नबाट ब्लक गर्न सकिन्छ। यसो गर्दा अन्य व्यक्तिले अनावश्यक सामग्री पठाउने गरेको छ भने नियन्त्रण हुन्छ।
  • अन्य यूजरले शेयर गरेका सबै फाइल र फोल्डरहरु हटाउने। यसो गर्दा यसअघि शेयर भएका सबै अवाञ्छित र अनावश्यक सामग्रीहरु ड्राइभबाट समाप्त हुन्छन्।
  • आफ्नो सामग्रीमा रहेको अन्य व्यक्तिको पहुँच हटाउने

यसरी कुनै पनि व्यक्तिलाई गुगल ड्राइभबाट हटाउनु वा ब्लक गर्नु भनेको अन्य सबै खाले गुगल सर्भिसबाट हटउनु हो। यसरी सबै तिरबाट यस्ता यूजरलाई हटाउनु समग्रमा फाइदाजनक नै हुन जान्छ।

प्रकाशित: १० श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १० श्रावण २०७८, आईतवार