
काठमाडौं ।
एउटा रिपोर्ट अनुसार ब्राजिलका नागरिकहरुले विश्वका अरु देशको भन्दा बढी समय स्मार्टफोनमा बिताउने गरेको पाइएको छ।
बजार तथ्याङ्क कम्पनी एप एनी इन्टेलिजेन्सले प्रकाशित गरेको तथ्याङ्क अनुसा विश्वभरमा मानिसहरुले मोबाइल एप प्रयोग गर्ने समय सन् २०१९ र २०२१ को बीचमा ४५ प्रतिशत पुगको थियो।
सन् २०२१ को दोस्रो त्रैमासमा दैनिक रुपमा ब्राजिलका बासिन्दाहरुले औसत ५.४ घण्टा स्मार्टफोन प्रयोग गर्ने गरेको पाइएको छ। तुलनात्मक हिसाबले हेर्दा सन् २०१९ मा ब्राजिलमा दैनिक स्मार्टफोन प्रयोग गर्ने समय ३.८ घण्टा र २०२० मा ४.८ घण्टा पुगेको थियो।
गत वर्षसम्म ब्राजिल दैनिक धेरै समय स्मार्टफोन प्रयोग गर्ने सूचीमा दोस्रो नम्बरमा थियो। यो सूचीमा इन्डोनेसिया पहिलो नम्बरमा थियव जहाँका बासिन्दा औसत ५.३ घण्टा स्मार्टफोन प्रयोग गर्ने गरेको तथ्याङ्क रहेकव थियो।
यो सूचीमा दैनिक ४.९ घण्टासहित भारत तेस्रो, ४.८ घण्टासहित दक्षिण कोरिया चाैथो, ४.७ घण्टासहित मेक्सिको पाँचाैं, ४.५ घण्टासहित टर्की छैटाैं, ४.४ घण्टासहित जापान साताैं, ४.१ घण्टासहित क्यानडा, ३.९ घण्टासहित अमेरिका तथा ३.८ घण्टासहित बेलायत आठाैंदेखि ११ औं नम्बरमा रहेका छन्।
एउटा अर्को रिपोर्ट अनुसार ब्राजिलका बासिन्दाहरुले ह्वाट्सएप, टिकटक, फेसबुक, इन्स्टाग्राम र ट्विटर बढी चलाउने गरेको पाइएको छ।
प्रकाशित: १० श्रावण २०७८, आईतवार