
काठमाडौं ।
सामसङ यतिबेला आफ्ना थुप्रै डिभाइसहरुमा जुलाई २०२१ सेक्युरिटी प्याच अपडेट उपलब्ध गराउनमा व्यस्त छ।
यसै क्रममा कम्पनीद्वारा केही समयअघि ग्यालेक्सी ए५१ का लागि यो अपडेट उपलब्ध गराएकोमा अब भने ए८०मा यसको अपडेट उपलब्ध गराउने भएको हो।
नयाँ फर्मवयरको भर्सन नम्बर ए८०५एफएक्सएक्सएस६डीयूजी३ रहेको र हाल यो जर्मनी, साइप्रस, ग्रीस, हंगेरी, मेसेडोनिया, इटली, पोल्यान्ड, पोर्चुगल, सर्बिया, रसिया, स्लोभाकिया, स्लोभेनिया, चेक रिपब्लिक तथा बेलायत लगायतका दर्जनो देशहरुमा अपडेट भइरहेको छ।
यदि तपाईँसँग ग्यालेक्सी ए८० डिभाइस छ र अझैसम्म पनि अपडेट आएको छैन भने आफ्नो मोबाइलको सेटिङ्समा गएर सफ्टवयर अपडेट मेनुमा चेक गर्न सक्नुहुन्छ।
प्रकाशित: १० श्रावण २०७८, आईतवार