विज्ञहरूद्वारा ‘एप्याक’को गरीबी निवारणको लागि ग्रामीण क्षेत्रको डिजिटल कनेक्टिभिटी बढाउन आह्वान

  • Technology Khabar | १० श्रावण २०७८, आईतवार
विज्ञहरूद्वारा ‘एप्याक’को गरीबी निवारणको लागि ग्रामीण क्षेत्रको डिजिटल कनेक्टिभिटी बढाउन आह्वान

काठमाडौं ।

महामारीको समयमा डिजिटल डिभाईड रोक्न र आर्थिक रिकभरीलाई ड्राइभ गर्नको लागि क्रस सेक्टरको सहकार्य आवश्यक छ, जसले ग्रामीण क्षेत्र कनेक्टिभिटीको लागत कम गर्दछ र डिजिटल साक्षरता सुधार गर्दछ।

बिहीबार फाइनान्सियल टाइम्स र ह्वावेले आयोजना गरेको “स्ट्राटेजी फर एड्रेसिंग द  एशिया प्यासिफिक  डिजिटल डिभाईड – इन्क्रिजिङ्ग कनेक्टिभिटि टु ड्राइभ इकोनोमिक रिकभरी (Strategies for Addressing the Asia-Pacific Digital Divide – Increasing Connectivity to Drive Economic Recovery) विषयको वेबिनारमा विज्ञहरूले प्रस्तुत गरेको महत्त्वपूर्ण अंश थियो।

एसिया प्रशान्त डिजिटल रूपान्तरणको लागि गति बढाइरहेको छ र गतिशील बजार र युवा जनसंख्यामा आधारित छ । डिजिटल पहुँचको महत्वपूर्ण दरारले अझै डिजिटल फाइदाहरूको व्यापक साझेदारीमा बाधा पुर्याउँछ जसले फलस्वरूप महामारीबाट सुस्त रिकभरी निम्त्याउँछ। सूचना प्रविधिले आर्थिक रिबाउन्ड चलाउन आधारभुत तरिकाहरू दिँदैछ।

“यसको सुरुवात डिजिटल सेवाको निष्पक्ष पहुँचबाट हुन्छ विशेष गरी कनेक्ट नभएकोलाई कनेक्ट गर्दै”, ह्वावे एसिया प्रशान्तका प्रमुख डिजिटल अधिकारी माइकल म्याकडोनाल्डले यस क्षेत्रमा डिजिटल डिभाईडका लागि तीन प्रमुख स्तम्भहरूलाई सुदृढ गर्ने सम्बन्धमा ह्वावेको एजेन्डा व्यक्त गरेः सूचना प्रविधि कनेक्टिभिटी, ट्यालेन्ट जीवन शक्ति र ग्रीन टेक्नोलोजी ।

डिजिटल समावेशीकरणको महत्व शांघाई जिओ टोङ्ग विश्वविद्यालयको अन्ताई कलेज अफ इकोनोमिक्स एन्ड म्यानेजमेन्टका प्रोफेसर यिन हाइटाओले प्रतिबिम्बित गरे, जसले हालसालै सार्वजनिक गरेको प्रतिवेदनमा सूचना प्रविधि सोलुसनको प्रयोग मार्फत आर्थिक विकास र गरिबी निवारण गर्न पुर्याउने बताएका थिए।

“डिजिटल समावेशीकरण र गरीबी उन्मूलनः ह्वावेको अप्रोच ” नामको उक्त प्रतिवेदन कोर्नल विश्वविद्यालयको समुइल सीं जोनसन कलेजका प्रोफेसर यिन र क्रिस मार्कसद्वारा सह–लेखन गरिएको थियो ।

कर्पोरेट स्थिरताको डोमेनले लामो समयदेखि यस प्रकृतिका परियोजनाहरूलाई आर्थिक रूपमा व्यवहारिक बनाउने चुनौती सामना गरिसकेको छ । रिपोर्ट अनुसार रुरलस्टार कार्यक्रमको उद्देश्य सूचना प्रविधि लागतलाई इनोभेसन मार्फत कम गर्नु हो ताकि स्थानीय क्यारियरहरूले दुर्गम र ग्रामीण क्षेत्रमा व्यावसायिक रूपमा व्यवहारिक डिजिटल कनेक्शन सेवाहरू प्रदान गर्न सक्नेछन् ।

अविकसित क्षेत्रहरूमा पुग्न र डिजिटल कभरेज सुधार गर्न ह्वावेले २०१७ देखि थाइल्याण्ड र इन्डोनेसिया लगायत विश्वभरका स्थानीय अपरेटरहरूसँगै रुरलस्टार कार्यक्रम आरम्भ गरेको छ । यो सोलुसनले पारम्परिक टावरहरूलाई साधारण पोलहरूले प्रतिस्थापित गर्दछ र डिजेल जेनरेटरको शक्तिबाट सौर्य ऊर्जामा परिवर्तन गर्न सक्षम पार्दछ । २०२० को अन्त सम्ममा, रुरलस्टार कार्यक्रम ६० भन्दा बढी देशहरूमा लागू भइसकेको थियो, ५० मिलियन मानिस यस पहलबाट लाभान्वित भएका थिए ।

“रुरलस्टारले मानिसहरु र अविकसित क्षेत्रहरुको संगठनहरुलाई अनलाइनमा उपलब्ध असंख्य स्रोतहरु र अवसरको ट्याप गर्न अनुमति दिन्छ जसले उनीहरुलाई यी क्षेत्रहरुको विकासमा योगदान पुर्‍याउन सशक्त पार्दछ,” यिनले भने।

सूचना प्रविधि प्रतिभा अभाव एक प्रमुख क्षेत्र हो जसले डिजिटल डिभाईड प्रकट गर्दछ । डिजिटल पूर्वाधार पहुँचमा ह्वावे जस्ता विक्रेताहरूको अप्रोच सँग सहमत हुनु बाहेक श्रम अर्को प्रमुख चासो हो । यस चासोको विषयमा सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड डिजाइन (SUTD) को ली कुआन यू सेन्टर फर इनोभेटिभ शहरहरूको निर्देशक पून किंग वांगले दीर्घकालीन रणनीति र बिभिन्न पुस्ताका मानिसहरुको उन्नतिलाई टेवा पुर्याउने र डिजिटलमा रुपान्तरणमा श्रमिकको भलाइ सुनिश्चित गर्नका लागि आग्रह गरे।

आर्थिक कार्यक्रम, एसिया फाउन्डेशनका निर्देशक सोफिया शाकिलले महिला बेरोजगारीमा महामारीको नकरात्मक प्रभाव र सीप निर्माणमा लगानी गर्नुपर्ने आवस्यक्तालाई सम्बोधन गरे ।

२०१७ मा ह्वावे, बंगलादेश सरकार (सूचना प्रविधि डिभिजन) र रोबी आजियाटाले संयुक्त रूपमा बंगलादेशको ग्रामीण भागमा महिलामा डिजिटल सीप दिनको लागि डिजिटल ट्रेनिङ्ग बस परियोजना शुरू गरेको थियो । ६०,००० भन्दा बढी महिलाले अहिलेसम्म प्रशिक्षण प्राप्त गरिसकेका छन र २०२३ सम्ममा १६०,००० ले यसबाट फाइदा लिन सक्दछन् ।

माइकल म्याकडोनाल्डका अनुसार APAC मा रहेको श्रम घाटा कम गर्न आगामी पाँच बर्षमा ४००,००० बढी डिजिटल हिसाबले स्किल्ड बनाउन आशा गरिएको छ जुन ह्वावे शैक्षिक फ्लागसीप कार्यक्रमहरू जस्तै सीड्स फर द फ्युचर र आसियान एकेडेमी मार्फत हुनेछ ।

विभिन्न क्षेत्रहरूबाट आएका वक्ताहरूले डिजिटल समावेशीकरणका लागि सरकार, उद्योग र तेस्रो पक्षका विचार–नेतृत्वहरू समाहित रूपमा इकोसिस्टम निर्माणको विचार राखेका छन् । “अन्ततः हामीले इकोसिस्टममा विभिन्न सरोकारवालाहरुमा विश्वास बढाउनु पर्छ”, प्रविधिको फाइदालाई टिकाउ गर्ने कुरामा पुनः किंग वांगले भने।

प्रकाशित: १० श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...