
काठमाडौं ।
केही दिन अघि आउँदै गरेको एमआईयूआई १३ बारे केही जानकारी लीक भएका थिए।
यसमा एमआईयूआई १२ भन्दा सफ्टवयरमा सुधार गरिएको र केही मुखुय फिचरहरु थपिएको उल्लेख गरिएको थियो।
हालको एमआईयूआईको मुख्य फिचरमध्ये मेमोरी एक्स्पान्सन पनि रहेको छ। उक्त विवरण अनुसार यो फिचर अन्तर्गत यूजरले ओपो र भिभोमा भएका भर्चुअल र्याम जस्तै ३ जीबीसम्म र्याम थप्न पाइनेछ।

यो अपडेट भएपछि कुनै पनि शाओमी फोनमा स्ट्याडर्डबाहेक ३ जीबी अतिरिक्त र्याम थप्न सकिनेछ। डिभाइसको आन्तरिक स्टोरेजलाई नै यसले र्यामका रुपमा परिणत गर्नेछ।
एउटा शाओमी फोनको सेटिङ पेजको स्क्रीनशट हेर्दा यो फिचर अन र अफ गर्ने एउटा विकलुप हुनेछ। यो फिचरले नयाँ भन्दा पनि पुराना र थोरै र्याम भएका स्मार्टफोनलाई बढी फाइदा पुग्ने बुझिएको छ।
यसबाहेक आउँदै गरेको एमआईयूआई १३ मा भिजुअल परिवर्तन पनि देख्न सकिने बुझिएको छ। हालैका चर्चा अनुसार यसमा नयाँ एनिमेशन, एप आइकन तथा गेम फ्लोटिङ विन्डो पनि रहने आकलन गरिएको छ।
प्रकाशित: १० श्रावण २०७८, आईतवार