हार्मोनी ओएसयुक्त ह्वावेको नयाँ साउन्ड एक्स स्मार्ट स्पिकर जुलाइ २९ मा सार्वजनिक हुने

  • Technology Khabar | १० श्रावण २०७८, आईतवार
हार्मोनी ओएसयुक्त ह्वावेको नयाँ साउन्ड एक्स स्मार्ट स्पिकर जुलाइ २९ मा सार्वजनिक हुने

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले आगामी जुलाई २९ मा हार्मोनी ओएसयुक्त ह्वावेको नयाँ साउन्ड एक्स स्मार्ट स्पिकर सार्वजनिक गर्ने भएको छ।

यसअघि कम्पनीले डेभियलेटसँगको साझेदारीमा धेरै बासयुक्त साउन्ड एक्स स्पीकर ल्याउने घोषणा गरेको थियो।

यो वर्ष कम्पनीले यसको हार्मोनीओएसयुक्त अपग्रेडेड भर्सन आऊँङ्सागि जुलाइ २९ का दिन पी५औ सिरिज सँगसँगै सार्वजनिक गर्ने भएको छ।

हालै सार्वजनिक भएको टिजर भिडियो अनुसार यसमा पारदर्शी शेल राखिएको हुनेछ भने डिजाइन पहिलेभन्दा फरक हुनेछ। त्यसबाहेक यसमा आरजीबी एलईडी लाइट पनि राखिएको छ।

फ्रेन्च अडियो डेभियलेट सँगको साझेदारीमा तयार पारिएकाले यसमा डेभियलेटको ब्रान्डिङ रहनेछ भने हार्मोनीओएस रहने हुनाले यो इकोसिस्टममा रहेका अन्य डिभाइससँग जोड्न सजिलो हुने बुझिएको छ।

नयाँ अपरेटिङ सिस्टमसहित आउने हुनाले यसमा अघिल्लो भर्सनमा भन्दा आवाजको गुणस्तर अझ सुधार हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १० श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...