जेफ बेजोस र रिचर्ड ब्रान्सन अझै अन्तरिक्ष यात्री नभएको अमेरिकाको भनाई

  • Technology Khabar | ९ श्रावण २०७८, शनिबार
जेफ बेजोस र रिचर्ड ब्रान्सन अझै अन्तरिक्ष यात्री नभएको अमेरिकाको भनाई

काठमाडौं ।

अर्बपतिहरू जेफ बेजोस र रिचर्ड ब्रान्सन यस महिनाको सुरूमा उनीहरूको निजी सब अर्बिटल उडानहरूमा अन्तरिक्षमा पुगेका थिए, त्यसबेला धेरैले पर्यटकिय अन्तरिक्ष यात्रीहरूलाई वाणिज्यिक अन्तरिक्ष यात्रीहरू भनेका थिए।

नयाँ अमेरिकी फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) नियमहरूले अन्तरिक्ष यात्री आशावादीरुपमा उडान चालक दलको हिस्सा हुनुपर्छ र अन्तरिक्ष उडान सुरक्षामा योगदान पुर्‍याउनु पर्ने परिभाषा गरेको छ ।

एफएएले “अन्तरिक्ष यात्री” शब्दको परिभाषालाई कडाई गरेर बेजोस र ब्रान्सन जस्ता व्यक्तिहरुलाई व्यावसायिक अन्तरिक्ष यात्री भन्न गाह्रो भएको छ। अर्थात अर्बपतिहरुको सपनामा पानी खन्याएको जस्तै भएको छ।

एफएए विंग कार्यक्रम सन्  २००४ मा शुरू भएपछि यी पहिलो परिवर्तनहरू भएका छन् ।

कमर्सियल एस्ट्रोनट विंग कार्यक्रम अपडेटहरू मंगलबार घोषणा गरिएको थियो र त्यही दिन अमेजनका बेजोसले ब्लू ओरिजिन रकेटमा अन्तरिक्षको छेउसम्म उडान गरेका थिए।

वाणिज्यिक अन्तरिक्ष यात्रीका लागि योग्य हुन, अन्तरिक्ष यात्रीहरूले पृथ्वीको सतहभन्दा ५० माईल (८० किलोमिटर) भन्दा माथि यात्रा गर्नुपर्नेछ, जुन दुबै बेजोस र ब्रान्सनले पूरा गरेका थिए।

तर उचाईका साथसाथै एजेन्सीले भन्यो – अन्तरिक्ष यात्रीहरूले “उडानको अवधिमा गतिविधिहरू प्रदर्शन गर्नुपर्दछ जुन सार्वजनिक सुरक्षाको लागि आवश्यक थियो, वा मानव अन्तरिक्ष उडान सुरक्षामा योगदान पुर्‍याएको थियो”।

यसको अर्थ ब्लू ओरिजिनको न्यू सेपर्ड अन्तरिक्ष यानमा उडान भरेका बेजोससहितका अन्य तीन जना अन्तरिक्ष यात्रीको परिभाषामा नपर्ने भएका छन् । त्यसैगरि  भर्जिन ग्यालाटिकले चारैजनालाई क्रू मेम्बरको रुपमा घोषणा गरेको हुँदा त्यस बारेमा के हुन्छ भनेर स्पष्ट छैन् ।

प्रकाशित: ९ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...