Technology Khabar ९ श्रावण २०७८, शनिबार
काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो सीडीएमए सेवा बन्द गर्ने भएसँगै कम्पनीले सीडीएमए सेवा चलाउने ग्राहकहरुलाई जीएसएम सेवामा परिवर्तन गराईरहेको छ।
केहि समयअघि कम्पनीले औपचारिरुपमा नै सीडीएमए सेवाबाट जीएसएम फोरजी सेवामा रूपान्तरण हुने ग्राहकहरुलाई निःशुल्क सीम, भ्वाइस, डाटा र एसएमएस दिने बताएको थियो।
हाल भने छिटै सीडीएमए सेवा बन्द गर्ने भन्दै कम्पनीले ग्राहकहरुलाई स्काई सीडीएमए सेवाबाट छोडेर जीएसएमसमा जाँदा विभिन्न सुबिधाहरु दिने बताएको हो ।
शनिबार एक सूचना सार्वजनिक गर्दै टेलिकमले स्काईफोन सेवा प्रयोग गरिरहेका ग्राहकहरुले नजिकैको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी आफुले प्रयोग गरिरहेको सीडीएमएको सट्टामा निःशुल्क जीएसएम फोरजी सीमकार्ड लिन अनुरोध गरेको हो ।
नेपाल टेलिकमको CDMA सेवाका ग्राहकहरुलाईआकर्षक अफर सहित GSM 4G सेवामा रुपान्तरण गर्ने सम्बन्धी जरुरी सूचना। #NepalTelecom #CDMA #GSM4G pic.twitter.com/EEPzBwjCoW
— Nepal Telecom (@ndcl_nt) July 24, 2021
के के सुबिधा पाउँछन् सीडीएमएका ग्राहकहरुले जीएसएम सेवामा जाँदा ?
स्काइफोन प्रिप्रेड ग्राहकका लागि
प्रयोग गरी रहेको ९७४XXXXXXX रेञ्जको स्काईफोन प्रिप्रेड सिमकार्ड फिर्ता गरी ९७६XXXXXX नम्बरको जीएसएम फोरजी सीमकार्ड निःशुल्क लिन सकिने छ । अहिले प्रयोग गरिरहेको सीडीएमए नम्बरको पछिल्ला ७ वटा अंक नयाँ जीएसएम नम्बरमा आउनेछ ।
यसरी लिइएको जीएसएम फोरजी सिममा ६ महिनासम्म मासिक ३०० मिनेट कल, ३०० वटा एसएमएस, ४ जीबी डाटा निःशुल्क उपलब्ध हुनेछ ।
निःशुल्क कल मिनेट र एसएमएस नेपाल टेलिकमको नेटवर्कभित्र प्रयोग गर्न सकिने छ । पुरानो सीडीएमए नम्बरमा भएको ब्यालेन्स र भ्यालिडिटी नयाँ नम्बरमा स्वत ट्रान्सफर हुनेछ ।
स्काईफोन पोष्टपेड ग्राहकका लागि
प्रयोग गरी रहेको ९७५XXXXXXX रेञ्जको स्काईफोन प्रिप्रेड सिमकार्ड फिर्ता गरी ९८५१३XXXXXX नम्बरको जीएसएम फोरजी सीमकार्ड निःशुल्क लिन सकिने छ ।
अहिले प्रयोग गरिरहेको सीडीएमए नम्बरको पछिल्ला ५ वटा अंक नयाँ जीएसएम नम्बरमा आउनेछ । यसरी लिइएको जीएसएम फोरजी सिममा ६ महिनासम्म मासिक ४०० मिनेट कल, २०० वटा एसएमएस, अन्य नेटवर्कमा मासिक ५० मिनेट कल तथा ६ जीबी डाटा निःशुल्क उपलब्ध हुनेछ ।
नयाँ नम्बरमा २०७८ पुस महिनासम्म मासिक न्युनतम महशुल लाग्ने छैन् । पुरानो सीडीएमए नम्बरमा भएको बिल, डिपोजिट र एडभान्स नयाँ नम्बरमा स्वत ट्रान्सफर हुनेछ ।
प्रकाशित: ९ श्रावण २०७८, शनिबार