बजाज मोटरसाइकलको नयाँ शोरुम जनकपुरमा

  • Technology Khabar | ९ श्रावण २०७८, शनिबार
बजाज मोटरसाइकलको नयाँ शोरुम जनकपुरमा

काठमाडौं ।

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले जनकपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने अटो मोबाइल ब्राण्ड बजाजले सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शोरुम संचालनमा ल्याईएको जनाएको छ । बजाजले जनकपूरका लागि ओम अटोमोबाइल्सका प्रोपराइटर सन्तोष कुमार साहलाई डिलरसीप प्रदान गरेको छ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने विश्वास लिईएको छ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले भने, ‘हामी जनकपुरमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । जनकपुरमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

शोरुम उद्घाटनको अवसरमा ओम अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको जनाएको छ।

प्रकाशित: ९ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...