
काठमाडौं ।
राइड शेयर कम्पनी उबरको ढुवानी विभाग उबर फ्रेटले शिपिङ सफ्टवयर कम्पनी ट्रान्सप्लेस सवा २ अर्ब डलरमा किन्न लागेको खुलासा गरेको छ।
शेयर बजारमा उबरको मूल्य बिहीबार बिहान केही उकालो लागेको थियो।
उबर फ्रेटले ट्रान्स्पलेसलाई टीपीजी क्यापिटलबाट अधिनमा लिने भएको हो। वैकल्पिक सम्पत्ती संस्था टीपीजीले ट्रान्सप्लेसलाई सन् २०१७ मा अधिनमा लिएको थियो।
हालको सवा २ अर्बमध्ये ७५ करोड डलर बराबर उबरको शेयर र बाँकी नगदमा हुने बुझिएको छ।
उबरका लागि यो निकै दुर्लभ कदम हो जसले गत वर्ष आफ्नो नाफा कमाइरहेको स्वचालित फ्लाइङ ट्याक्सी युनिट बेचेको थियो। त्यसको सट्टामा उबरले आफ्नो उबर इट्स सेगमेन्टलाई माथि उठाउन मदिरा डेलिभरी कम्पनी ड्रिज्ली तथा खाना डेलिभरी सेवा पोस्टमेट्स किनेको थियो।
उबर फ्रेटका प्रमुख लायोर रोनले एउटा अन्तरवार्ताका क्रममा यो सम्झोता यो उद्योगमा डिजिटल परिवर्तन ल्याउने कम्पनीको दीर्घकालीन भिजनअनुरुप भएको बताएका थिए।
ट्रान्सप्लेसले कम्पनीहरुलाई आफ्ना उत्पादन बिक्री गर्दा आपूर्ति श्रृङ्खला व्यवस्थापनमा सहजता ल्याउने सफ्टवयर बनाउने गर्दछ।
प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार