फेसबुकका सीईओ मार्क जुकरबर्गको व्यक्तिगत सुरक्षा खर्च मात्र पाैने ३ अर्ब रुपैयाँ

  • Technology Khabar | ८ श्रावण २०७८, शुक्रबार
फेसबुकका सीईओ मार्क जुकरबर्गको व्यक्तिगत सुरक्षा खर्च मात्र पाैने ३ अर्ब रुपैयाँ

काठमाडौं ।

प्रोटोकलमा आएको एक रिपोर्ट अनुसार फेसबुकले आफ्ना सीईओ मार्क जुकरबर्गको व्यक्तिगत सुरक्षामा यो वर्ष २ करोड ३४ लाख डलर खर्च गरेको छ।

यो आँकडा सन् २०१९ को २ करोड ४ लाख डलरभन्दा ३० लाख लर धेरै हो।

कम्पनीले कोभिड १९ को बढ्दो नियम तथा निर्वाचनका बेला सुरक्षा खर्च बढाएको थियो।

यसमा फेसबुकका संस्थापक तथा सीईओ जुकरबर्गको पूर्वकर भत्तास्वरुप १ करोड डलर तथा व्यक्तिगत सुरक्षाका लागि १ करोड ३४ लाख डलर खर्च गरेको बताइएको छ।

परिणामस्वरुप जुकरबर्गको सुरक्षा खर्च विश्वकै धनी जेफ बेजोसको १ करोड ६० लाख भन्दा पनि बढी रहेको देखिएको छ।

कम्पनीका चिफ अपरेटिङ अफिसर शेरिल स्यान्डबर्गको सुरक्षा खर्च पनि ७६ लाख डलर रहेकोले कम्पनी आफ्ना अधिकारीहरुको सुरक्षाप्रति कति चिन्तित छ भन्ने देखाउँछ।

कोरोनाबारे मिथ्या जानकारी तथा गत वर्षको राष्ट्रपतीय निर्वाचनमा विभिन्न व्यक्तिहरुबारे आएका पोस्टका कारण पनि आलोचना खेपिरहेका फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालका अधिकारीहरुमा सुरक्षा चुनोती बढ्नु स्वाभाविकै हो।

सुरक्षा खर्चको तेस्रो नम्बरमा गुगलका सुन्दर पिचाइ ५४ लाख, लिफ्टका सह संस्थापक जोन जिम्मरको २० लाख ६ हजार, ओरेकलका ल्यारी एलिसनको १७ लाख १ हजार, स्न्यापका इभान स्पिजेलको १६ लाख ७ हजार, जेफ बेजोस र सेल्सफोर्सका सीईओ मार्क बेनिओफको १३ लाख १ हजार, उबरका डारा खोश्रोशाही को ८ लाख ४९ हजार, लिफ्टका सीईओ लोगन ग्रीनको ५ लाख ९९ हजार र अन्त्यमा एप्पलका टिम कूकको ४ लाख ७० हजार डलर रहेको छ।

प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...