काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड वनप्लसले पर्फर्मेन्स र अप्टिमाइजेशनमा केही विवादास्पद कुराहरु आएकोले यो समस्या समाधानका लागि नयाँ उपाय अपनाउने भएको छ।
यो तरिका उसले शुरुदेखि नै अपनाएको भए यस्तो समस्या नआउने जानकारहरुको बुझाइ छ।
वनप्लसका कर्मचारीहरुले एउटा वनप्लस फोरम थ्रेडमार्फत् यसमा रहेको एन्ड्रोइड स्किनमा अक्सििजनओएस १२ मार्फत् डिभाइसको पर्फर्मेन्स अप्टिमाइजेशन इनेबल/डिजेबल गर्ने अप्शन ल्याउन लागिएको पक्का गरेका छन्।
वनप्लसले आफ्ना डिभाइसको प्रदर्शन अब्बल देखाउन प्लेस्टोरका केही चर्चित एपको प्रदर्शन गति घटाएको भन्दै यसै महिनाको शुरुवातमा गीकबेन्चले यो ब्रान्डलाई आफ्नो सूचीबाट हटाएको थियो।
यसबाट विवाद उठेको र त्यसलाई जवाफ दिनका लागि पनि वनप्लसले केही उपाय अपनाउनु जरुरी थियो।

यसका बेन्चमार्कमा रहेका एपहरुले स्न्यापड्रागन ८८८ चिप अनुसारकै प्रदर्शन गरेको पाइएको थियो भने अन्य एपहरु चलाउँदा फोनमा घरीघरी समस्या आएको थियो।
गीकबेन्चले यसलाई कम्पनीको धोका भन्दै वनप्लस९ का दुई ओटा भर्सनलाई सूचीबाट हटाएको थियो।
जवाफमा यूजरहरुले आउँदा डिभाइसहरुमा ब्याट्री लाइफ र तापक्रम व्यवस्थापनका बारेमा प्रतिक्रिया दिएको र यसै अनुसार कम्पनीले डिभाइसका पर्फर्मेन्स अप्टिमाइज गरेको वनप्लसले बताएको छ।
प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार