किन दिँदैछ भारतको एचसीएल टेक्नोलोजीले राम्रो काम गर्ने कर्मचारीलाई मर्सिडिज बेञ्ज उपहार?

  • Technology Khabar | ८ श्रावण २०७८, शुक्रबार
किन दिँदैछ भारतको एचसीएल टेक्नोलोजीले राम्रो काम गर्ने कर्मचारीलाई मर्सिडिज बेञ्ज उपहार?

काठमाडौं ।

भारतको एचसीएल टेक्नोलोजीले आफ्ना कर्मचारीमध्ये उत्कृष्ट प्रदर्शन गर्नेलाई मर्सिडिज कार उपहार दिने निर्णय गरेको छ।

हालै टाइम्स अफ इन्डियामा आएको एक रिपोर्ट अनुसार एचसीएलका मानव संसाधन विभाग प्रमुख अप्पाराव बीबीले कम्पनीको उत्कृष्ट कर्मचारीलाई मर्सिडिज बेन्ज कार उपहार दिने निर्णय भएको र अनुमोदनका लागि बोोर्डमा पेश गरिएको जानकारी दिएका हुन्।

कम्पनीले यस अघि पनि एक पटक उत्कृष्ट प्रदर्शन गर्नेलाई यस्तो कार उपहार दिइसकेको छ। एचसीएलले सन् २०१३ मा उत्कृष्ट प्रदर्शन गर्ने ५० जना कर्मचारीलाई एक एक ओटा मर्सिडिज बेन्ज कार उपहार दिएको थियो।

किन दिँदैछ उपहार?

यसबारेमा अप्पारावले भनेका छन्, ‘नयाँ कर्मचारी भर्ती गर्दा १५ देखि २० प्रतिशत बढी लागत थपिने हुँदा हामी आफ्नै कर्मचारीहरुको क्षमता अभिवृद्धिमा जोड दिइरहेका छो। कुनै नयाँ डेभलपरलाई कम्पनीमा भर्ती गर्दा सोही लागतमा उपलब्ध हुन्छ तर कुनै क्लाउड प्रोफेशनल चाहिएको खण्डमा धेरै लगानी गर्नुपर्ने हुन्छ।’

२२ हजार जना फ्रेशर भर्ती योजना

यसबाहेक कम्पनीले यो आर्थिक वर्षमा २२ हजार फ्रेशरहरु भर्ती गर्ने योजना बनाएको छ। गत वर्ष कम्पनीले १५ हजार ६०० जना फ्रेशरलाई भर्ती गरेको थियो।

अप्पारावका अनुसार एचसीएल कर्मचारीहरुलाई विश्वस्त र दीर्घकालीन सम्बन्धका लागि राम्रो प्याकेज दिने गर्छ। कम्पनीले तीन वर्षको नगद भत्ताको अप्शन पनि राखेको छ। यति हुँदा हुँदै पनि एचसीएल आईटी सर्वभसेजमा जागिर छोड्नेको सङ्ख्या बढ़ेर तेस्रो त्रैमासमा ११.८ प्रतिशत पुगेको आँकडा छ।

प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार