
काठमाडौं ।
गएको जुनमा वेडबशका विश्लेषकले आईफोन १३ का सबै मोडलहरुमा लाइडार प्रविधि राखिने र प्रो मोडलहरुमा १ टीबी स्टोरेज अप्शन रहने दावी गरेका थिए।
पछि ट्रेन्डफोर्सका विश्लेषकहरुले यी दुवै दावीहरु गलत रहेको र लाइडार प्रविधि दुई ओटा प्रो मोडलहरुमा उपलब्ध हुने तथा तिनीहरुमा ५१२ जीबी स्टोरेज रहने नयाँ दावी गरे।
तर वेडबशका विश्लेषकहरुले एसियाको आपूर्ति श्रृङ्खलामा नजर लगाइरहे र अहिले आफ्नो पुरानै दावीलाई पुन: दोहोर्याउँदै सबै मोडलहरुमा लाइडार प्रविधि रहने र आईफोन १३ प्रो तथा १३ प्रो म्याक्समा १ टीबी स्टोरेज रहने बताएका हुन्।
यसको मतलब हालसम्मका सबैभन्दा कम १२८ र २५६ जीबी स्टोरेजलाई दोब्बर बनाइने भएको बुझ्न सकिन्छ।
बिक्रीको आँकडाका हिसाबले आईफोन १३ जेनेरेशनले हालको आईफोन १२ लाई जित्नुपर्ने योजनासहित कम्पनीले काम गरिरहेको आकलन गरिएको छ।
हालको आईफोन १२ ८ करोड थान निर्माण भएकोमा आपूर्ति श्रृङ्खलाले ९ देखि १० करोड थानको लक्ष्य लिएको र यो वार्षिक वृद्धिमा १५ प्रतिशतले उकालो लागेको आँकडा हो।
प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार