ब्रेकिङ: इन्टरनेट मास आउटेज, अमेरिका र बेलायतका बैंकका सिस्टम तथा स्ट्रिमिङ साइट ‘डाउन’

  • Technology Khabar | ७ श्रावण २०७८, बिहीबार
ब्रेकिङ: इन्टरनेट मास आउटेज, अमेरिका र बेलायतका बैंकका सिस्टम तथा स्ट्रिमिङ साइट ‘डाउन’

काठमाडौं ।

बेलायतमा अचानक विभिन्न नाम चलेका बैंकका सिस्टम, स्ट्रिमिङ साइट तथा प्ले स्टेशन लगायत अनलाइन गेमिङ प्लेटफर्म अफलाइन भएका छन्।

बेलायतको स्थानीय समय अनुसार बेलुकीको ५ बजे अर्थात् नेपाली समय अनुसार बेलुकी ९;४५ बजेदेखि इन्टरनेटमा अचानक आएको यो मास आउटेजको रहस्यमय समस्याले बेलायत र अमेरिका लगायतका थुप्रै चर्चित संस्थाका वेबसाइटहरु एकाएक नखुल्ने भएका छन्।

अनलाइन आउटेज ट्र्याकर डाउन डिटेक्टरमा एकै मिनेटमा आउटेजका दशो हजार रिपोर्टहरु आएका द सन डट सीओ डट यूकेले उल्लेख गरेको छ। उक्त आउटेजले विशेष गरी बेलायत र अमेरिकाका हज्जारो यूजर तथा वेबसाइटहरुलाई असर पारेको बताइएको छ।

त्यतिबेला नेपालबाट ईएसपीएनक्रिकइन्फो डटकम तथा क्रिकबज डटकम जस्ता क्रिकेट अपडेट साइट तथा तिनका मोबाइल एपहरु खुलेका थिएनन्।

यसले प्लेस्टेशन नेटवर्कमा लग इन हुन दिइरहेको छैन भने बेलायतका थुप्रै बैंकका वेबसाइट र सिस्टम डाउन छ। वेबसाइट डाउन हुने बैंकहरुमा एचएसबीसी, बार्क्लेज, लोयड्स, हालिफ्याक्स, टीएसबी, टेस्को बैंक तथा बैंक अफ स्कटल्यान्ड छन्।

यसैगरी बेलायतका जोन लेविस तथा आर्गसजस्ता रिटेलरहरुमा पनि समस्या आएको बताइएको छ। उता अमेरिकामा अमेजन तथा कोस्टकोमा यसले असर पारेको छ। यसमा अमेजन वेब सर्भिस वा कुनै कन्टेन्ट डेलिभरी नेटवर्क फेल भएको हुनसक्ने आकलन पनि गरिएको छ।

डाउन भएका साइटहरु यस प्रकार छन्:

 

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...