
काठमाडौं ।
अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणसहितका कार्यहरु अब अनलाइनमार्फत नै गराउन सकिने भएको छ।
सूचना तथा प्रशारण विभागले नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणको कार्य र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै लागि अनलाइनबाटै निवेदन दिन सकिने जानकारी दिएको छ।
विभागले बिहीबार एक विज्ञप्ती जारी गर्दै नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरुको सेवा प्रवाह अनलाइनबाट हुने व्यवस्था मिलाईएको
यसको लागि साथै सेवाग्राहीहरुले साउन १० गते आईतबारदेखि आवश्यक कागजातसहित सूचना तथा प्रसारण विभागको वेबसाइटबाट आवेदन दिन सकिने भन्दै सबैलाई विभागको वेबसाइटमा आवेदन दिन अनुरोध गरेको छ ।
सेवाग्राही प्रत्यक्ष उपस्थित भएर गरिने कार्य दैनिकरुपमा १ बजेसम्म मात्र हुने विभागले उल्लेख गरेको छ।
अनलाइनबाट आवश्यक कागजातसहित प्रक्रिया पुरा गरी निवेदन दिएका सेवाग्राहीहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चार माध्यम प्रमाणपत्र कामाडौं उपत्यकाको हकमा भोलिपल्ट उपलब्ध गराइने विभागले जनाएको छ ।
उपत्यका बाहिरका सेवाग्राहीको हकमा अनुकुलता र माग अनुसार विभाग वा सम्बन्धित जिल्ला जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने विभागद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित: ७ श्रावण २०७८, बिहीबार