
काठमाडौं ।
भारतीय शैक्षिक एप बाइजुजले हालै क्यालिफोर्नियामा मुख्यालय रहेको रिडिङ प्लेटफर्म इपिक ५० करोड डलरमा किनेको छ।
कम्पनीले अमेरिकामा आफ्नो सेव विस्तार गर्ने योजनाअन्तर्गत बुधबार इपिकको स्वामित्व ग्रहण गरेको हो।
उक्त स्टार्टअप कम्पनी खरिद गर्दा बाइजुजले नगद र शेयर दुवै हिसाबले भुक्तानी गर्नेछ। एपिकका संस्थापक केभिन डोनाह्वे तथा सुरेन मार्कोसियनले उक्त व्यवसायलाई निरन्तरता दिनेछन्।
एपिक १२ वर्ष वा त्यसभन्दा कम उमेरका बालबालिकाका लागि तयार पारिएको डिजिटल रिडिङ प्लेटफर्म हो। यसको उपस्थिति अमेरिकाका ९० प्रतिशत आधारभूत विद्यालयहरुमा रहेको छ भने यसमा २० लाख शिक्षक र ५ करोड विद्यार्थीहरु आवद्ध छन्।
एपिकको पहिलो लगानीकर्ता एभोल्युशन मिडियाले कति बालबालिकाले किताब पढ्छन् उनीहरु कति गहिरिएर पढ्छन् र कहाँ पुगेर उनीहरुको पढ्ने चाख हराउन थाल्छ भन्ने विषयमा रियल टाइममा अज्ञात र समग्र तथ्याङक संकलन तथा विश्लेषण गर्दछ।
नेटफ्लिक्सले जस्तै उक्त कम्पनीले आफ्ना मोलिक शीर्षकमा थुप्रै सामग्रीहरुङ्को प्रकाशन पनि गर्न थालेको छ।
टेकक्रन्चले गत मार्चमा बाइजुजले एपिकको स्वामित्व ग्रहणका लागि छलफल गरिरहेको खबर सार्वजनिक गरेको थियो। एपिकका संस्थापकहरु बाइजुजका बारेमा अज्ञात छैनन्।
उनीहरुले ५ वर्षअघि नै बाइजुजका सह संस्थापक तथा सीईओ बाइजु रबिन्द्रनसँग भेटिसकेका तर यो सम्झोताबारे भने केही महिना यतामात्र कुराकानी भएको बुझिएको छ।
प्रकाशित: ७ श्रावण २०७८, बिहीबार