
काठमाडौं ।
टेस्लाका सीईओ इलन मस्कले मंगलबार कम्पनीको डीसी फास्ट चार्जिङ स्टेशन नेटवर्क अरु विद्युतीय कारका लागि पनि उपलब्ध गराउने बताएका छन्।
टेस्ला सुपरचार्जर नेटवर्क नाम गरेको उक्त स्टेशन यसै वर्ष अन्य सबै प्रकारका विद्युतीय सवारी साधनका लागि खुला हुने बताइएको छ।
ट्विटरमा एउटा टेस्ला समर्थकलाई जवाफ दिने क्रममा मस्कले लेखेका छन्, ‘हामी आफ्नो सुपरचार्जर नेटवर्क यसै वर्षदेखि अन्य विद्युतीय सवारीका लागि पनि खुला गर्दैछाैं।’
They are, although it’s kind low-key. Tesla Superchargers are being made accessible to other electric cars.
— Elon Musk (@elonmusk) December 21, 2020
उनले विश्वको कुन ठाउँमा उक्त सुपरचार्जर नेटवर्क अन्य सवारीका लागि खुला गर्ने भन्ने चाहिँ बताएनन्। यसबाहेक के कस्ता मोडल र ब्रान्डका गाडीहरुका लागि यो सुविधा उपलब्ध हुने भन्ने पनि खुलाएका छैनन्।
यसअघि टेस्लाले आफ्ना गाडीहरु विशेष सुपरचार्जनर स्टेशन नेटवर्कमा चार्ज हुने भएकाले अन्य विद्युतीय गाडीहरुभन्दा भरपर्दो रहेको भन्दै बिक्री गर्दै आएको थियो।
टेस्लाको सुपरचार्जर नेटवर्क टेस्ला ड्राइभरहरुका लागस बिना कुनै सदस्यता शुल्क उपलब्ध हुँदै आएको छ। यसमा स्थानीय कानूनअनुसार प्रतिमिनट वा प्रति किलोवाट आवरका हिसाबले चार्ज गरेको बिल उठ्ने गर्दछ।
प्रकाशित: ६ श्रावण २०७८, बुधबार