
काठमाडौं ।
भेरिजोनले आधिकारिक रुपमा गुगल मेसेजलाई एन्ड्रोइड फोनका लागि डिफल्ट मेसेजिङ एप बनाएको छ।
गत जुलाइको शुरुवातमा एटीएन्डटीले गुगल मेसेजेज लाई आफ्ना मातहतका एन्ड्रोइड फोनका लागि डिफल्ट मेसेजिङ एपमा परिणत गर्ने घोषणा गरेको थियो।
टी मोबाइले पहिलेदेखि नै अपनाए पनि यस अघिसम्म गुगल मेसेजेजको इन्क्रिप्टेड आरसीएस सोलुशनलाई मेसेजिङ एपको रुपमा प्रयोग नगर्ने भेरिजोन अमेरिकाको मुख्य क्यारियरमध्येको एक थियो।
अब भने भेरिजोनले गुगलसँग साझेदारी गरेर आफूले बेच्ने एन्ड्रोइड फोनमा गुगल मेसेजेजलाई डिफल्ट मेसेजिङ एप बनाएको आधिकारिक रुपमा घोषणा गर्ने भएको हो।
यसअघि पनि भेरिजोनका एन्ड्रोइड सेट प्रयोग गर्नेले प्ले स्टोरबाट गुगल मेसेजिङ एप डाउनलोड गरेर यसलाई डिफल्ट मेसेजिङ एप बनाउन सक्दथे।
तर हालको इन बिल्ट गुगल मेसेजेजले भने मेसेजमा भएको डाटालाई इन्ड टू इन्ड इन्क्रिप्ट गर्ने भएकाले बढी सुरक्षित हुने बताइएको छ।
प्रकाशित: ६ श्रावण २०७८, बुधबार