पेगासस स्पाइवेयरका कारण आईफोन ११ र १२ मोडलका आईमेसेजमा समस्या

  • Technology Khabar | ५ श्रावण २०७८, मंगलवार
पेगासस स्पाइवेयरका कारण आईफोन ११ र १२ मोडलका आईमेसेजमा समस्या

काठमाडौं ।

इजरायलको एनएसओ ग्रुपको पेगासस स्पाइवेयरले आईफोन प्रयोगकर्ताहरुलाई पनि असर गरेको छ।

केही समययता पत्रकार, मानव अधिकारकर्मी तथा राजनैतिक व्यक्तिहरुकफ जासूसी गर्न एउटा मिलिटरी ग्रेडको मालवेयर प्रयोगमा ल्याइएको पाइएको छ।

यसबारे विधिविज्ञान अनुसन्धानबाट एनएसओ ग्रुपको उक्त स्पाइवेयरले आईफोन ११ र १२ को आईमेसेजमा समेत जेरो क्लिक हमला गरेको प्रमाण भेटेका छन्।

एम्नेस्टि इन्टरनेशनल तथा फर्बिडन स्टोरिजका दावी अनुसार उक्त स्पाइवेयरबाट हज्जाराैं आईफोन सेटहरु प्रभावित भएका छन्।

पेगासस प्रोजेक्ट पेरिसमा रहेको पत्रकारहरुको गैर नाफामूलक संस्था फर्बिडन स्टोरिजले गरिरहेको अनुसन्धान हो जसले ५० हजार सम्भावित लक्षित व्यक्तिहरुका फोन नम्बरबाट प्रमाणहरु जुटाइरहेका छन्।

हालैको अनुसन्धानबाट आईफोनहरुमा स्पाइवेयर इन्स्टल गर्न आईमेसेज जेरो क्लिक अट्याक प्रयोग गरिएको पाइएको छ।

एम्नेस्टि इन्टरनेशनलले हजारो आईफोनहरु पेगासस स्पाइवेयरको सम्भावित लक्ष्यमा परेको तर तीमध्ये कति ह्याक भए भन्ने थाहा नभएको बताएको छ।

एप्पल सेक्युरिटी इन्जिनियरिङ एन्ड आर्किटेक्चरका प्रमुख इभान क्रस्टिकले एउटा विज्ञप्तिमा यी हमलाहरु अति उच्च स्तरका रहेका, यसमा लाखो डलर खर्भ लाग्ने तथा विशेष खालका व्यक्तिहरुलाई मात्र लक्षित गरिएको बताएका छन्।

यसबाहेक एप्पल आफ्ना फोन सेटहरुमा अझ सुरक्षित राख्नका लागि नयाँ सुरक्षा फिचर तथा रणनीति तयार गरिरहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...