
काठमाडौं ।
गुगलका पिक्सेल फोनहरुमा हार्डवयरमा समस्या देखिने गरेकोमा हाल पिक्सेल ४ एक्सएलमा वारेन्टीको समयावधि १ वर्ष थप गरिएको छ।
थुप्रै यूजरले आफ्ना डिभाइसमा ब्याट्री छिटै सकिने र ब्याट्रीसँग सम्बन्धित अन्य समस्याहरु रिपोर्ट गरेपछि कम्पनीले यसको वारेन्टी समयावधि बढाएको हो।
अमेरिका, सिंगापुर, क्यानडा, जापान तथा ताइवानका पिक्सेल ४ एक्सएल प्रयोगकर्ताले थप १ वर्षको वारेन्टी पाउने र उक्त अवधिमा खराबी आएका सेटका ब्याट्री कम्पनीले फेरिदिने बताइएको छ।
आफ्ना डिभाइसमा अचानक रिस्टार्ट तथा शट डाउन हुने, धेरै ब्याट्री छिट्टै सकिने तथा अन गर्नमा समस्या देखिएका सेटका धनीले गुगलको सपोर्ट पेजमार्फत् उक्त वारेन्टी दावी गर्न सक्नेछन्।
गुगलले आफ्ना उपभोक्तालाई ब्याट्री फेर्ने डिभाइसमा स्क्रीन फुटेको लगायत अन्य हार्डवयरका समस्या देखिए र त्यसले ब्याट्री फेर्नलाई मिस्त्रीहरुलाई अप्ठेरो भएको खण्डमा ब्याट्रीको शुल्क लाग्न सक्ने पनि चेतावनी दिइसकेको छ।
प्रकाशित: ५ श्रावण २०७८, मंगलवार