अनलाइन मार्फत छिटो खाता खोल्ने ग्राहकलाई एनआईसी एशियाले दियो आइफोन १२

  • Technology Khabar | ५ श्रावण २०७८, मंगलवार
अनलाइन मार्फत छिटो खाता खोल्ने ग्राहकलाई एनआईसी एशियाले दियो आइफोन १२

काठमाडौं ।

अनलाइनमार्फत सबैभन्दा छिटो एनआईसी एशिया बैंकको खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जितेकी छिन् । थापाले अनलाइन मार्फत सबैभन्दा छिटो १ मिनेट १० सेकेण्डमा बैंकको खाता खोल्न सफल भएकी थिइन् ।

बैंकले घरमै बसेर बैंक खाता खोल्ने प्रोत्साहन गर्नको लागि अनलान अकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता आयोजना गरेको थियो ।

जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना सहभागी भएका थिए ।

यस्तै प्रतियोगिता अवधिभर कम समयमा अनलाईन खाता खोल्ने शीर्ष–१० सहभागीहरुलाई बैंकले स्मार्टवाच प्रदान गरेको छ । स्मार्टवाच जित्नेमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की रहेका छन् ।

साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाईन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले पनि स्मार्टवाच जितेका छन् ।

बैंकको अनुसार यस प्रतियोगिताका सम्पूर्ण विजेताहरूले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दावी गर्नुपर्नेछ र आफ्नो खाताको हस्ताक्षर भेरिफिकेसनका लागि सक्कल नागरिकता सहित बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

बैंकले युट्युबरहरू लक्षित ‘सहज रुपमा अनलाईन खाता प्रकृया’ बारे भिडियो च्यालेन्ज को नतिजा बैंकले निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...