ह्वाट्सएपले ल्यायो नयाँ फिचर, अब ग्रुप कल चलिरहेकै बेला जोडिन सकिने

  • Technology Khabar | ५ श्रावण २०७८, मंगलवार
ह्वाट्सएपले ल्यायो नयाँ फिचर, अब ग्रुप कल चलिरहेकै बेला जोडिन सकिने

काठमाडौं ।

ह्वाट्सएपले सोमबार भ्वाइस वा भिडियो ग्रुप कल चलिरहेको बेला जोडिन सकिने नयाँ फिचर शुरु गरेको छ।

यो फिचरले यूजरहरुलाई शुरुमै कलमा नजोडिए पनि पहिले झैं ग्रुप कल नै छोड्नुपर्ने अवस्थाबाट मुक्ति दिने देखिन्छ। यस अपडेटले आवश्यकता परेको बेला कलबाट बाहिरिएर फेरि जोडिन सक्ने सहजता पनि प्रदान गर्दछ।

अहिलेसम्म ह्वाट्सएपका यूजरहरुले आफैं ग्रुप कलमा जोडिन नमिल्ने तर ग्रुप कलमै भएका व्यक्तिहले भने जोडिदिन सक्ने थियो।

फेसबुकले एउटा ब्लग लेखेर यस्ता बीचमा जोडिन मिल्ने कलहरुले ग्रुप कल शुरु हुँदा नै उत्तर दिनुपर्ने झण्झट घटाउने र व्यक्तप व्यक्तिबीचको कुराकानीलाई ग्रुप कलमा परिणत गर्न सघाउ पुर्याउने बताएको छ।

कसरी जोडिने?

शुरुमा कुनै ग्रुप कल चलिरहँदा ह्वाट्सएपको कल लगमा ‘ट्याप टू जोइन’ अप्शन देखिन्छ।

यदि तपाईँ उक्त ग्रुप कलमा छुट्नुभएको छ भने यही ‘ट्याप टू जोइन’ अप्शनमा क्लिक गरेर जोडिन सक्नुहुन्छ।

ह्वाट्सएपले नयाँ कल इन्फो स्क्रीन पनि बनाएको छ जसमार्फत् यूजरहरुले उक्त कलका लागि इन्भाइट गरिएका तर कलमा जोडिन बाँकी रहेकाहरुको सूची हेर्न सक्छन्।

यसै कल इन्फो स्क्रीनबाट कलमा जोडिएका एक्टिभ यूजरको सूची पनि देख्न सकिन्छ। यसबाहेक यसमा राखिएको ‘इग्नोर’ बटन मार्फत् कलमा नजोडिन र ‘कल्स’ बटनमार्फत जोडिन सकिन्छ।

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...