ताजा समाचार

जेफ बेजोससहितको टिम ब्लू ओरिजिनको नयाँ सेपर्डमार्फत आज अन्तरिक्षमा जाँदै

जेफ बेजोससहितको टिम ब्लू ओरिजिनको नयाँ सेपर्डमार्फत आज अन्तरिक्षमा जाँदै
Global IME Bank

विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस आफ्नो ऐतिहासिक यात्राको लागि ब्लू ओरिजिनको नयाँ सेपर्डमार्फत मंगलबार आज अन्तरिक्ष यात्रामा जाँदैछन् ।

उनको साथमा उनका भाई तथा ८२ वर्षिया अन्तरिक्ष यात्री र एक १८ वर्षिय युवा सो अन्तरिक्ष यात्रामा हुनेछन् ।

सो प्रक्षेपणका यात्रुलाई इतिहास निर्माण गर्ने टोलीका रूपमा लिईएको छ जसलाई एक सबअर्बिटल उडानको लागि मंगलबार तयार भएका छन् । यसलाई निजी अन्तरिक्ष यात्राको नयाँ युगमा प्रवेश गर्ने अर्को माइलस्टोन भएको बताईएको छ।

अमेरिकी अर्बपतिले पश्चिम टेक्सासको मरुभूमिको प्रक्षेपण स्थलबाट ११ मिनेटको यात्रा गर्नेछन् । यो उडानले बेलायती प्रतिद्वन्द्वी रिचर्ड ब्रान्सनको अन्तरिक्ष पर्यटन कम्पनी भर्जिन ग्यालाटिकको सफल उद्घाटनलाई चुनौती दिनेछ । ब्रान्सनले अन्तरिक्ष उडान न्यू मेक्सिकोबाट गरेका थिए।

ब्रान्सन पहिले अन्तरिक्षमा पुगे, तर बेजोस थप उचाईमा पुग्ने छन्  र ब्लू ओरिजिनको अन्तरिक्ष यान न्यू सेपर्ड करिब १०० किलोमिटरसम्म पुग्नेछ र यसलाई  विशेषज्ञहरूले विश्वको पहिलो अनपाइलटेड अर्थात चालकरहित उडान हुने दाबी गरेका छन् । यसमा चालक दल हुनेछैन भने यो स्वचालितरुपमा सञ्चालन हुनेछ।

“म उत्साहित छु, तर चिन्तित छैन। जब म आफ्नो सीटमा पस्दछु तब म कस्तो महसुस गर्छु भनेर हेर्नेछौं,” बेजोसले सोमबार फक्स बिजनेस नेटवर्कसँगको एक अन्तर्वार्तामा भने।

सो यात्रामा यात्रुहरुले केहि मिनेटको लागि सिटबेल्ट खोलेर तौल विहिनको अनुभव गर्न पाउनेछन् । सो रकेटले ३५४० किलोमिटरको गतिमा यात्रुहरुलाई अन्तरिक्षमा लानेछ ।

जेफ बेजोससहितको सो अन्तरिक्ष उडान नेपाली समयअनुसार बेलुका ६ बजेर ४५ मिनेटमा हुनेछ। जसको प्रत्यक्ष प्रशारण कम्पनीको वेबसाइट तथा यूट्यूब च्यानलमार्फत गरिने बताईएको छ । एजेन्सीहरु

Sajilo Visa
easy care