
काठमाडौं ।
विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस आफ्नो ऐतिहासिक यात्राको लागि ब्लू ओरिजिनको नयाँ सेपर्डमार्फत मंगलबार आज अन्तरिक्ष यात्रामा जाँदैछन् ।
उनको साथमा उनका भाई तथा ८२ वर्षिया अन्तरिक्ष यात्री र एक १८ वर्षिय युवा सो अन्तरिक्ष यात्रामा हुनेछन् ।
सो प्रक्षेपणका यात्रुलाई इतिहास निर्माण गर्ने टोलीका रूपमा लिईएको छ जसलाई एक सबअर्बिटल उडानको लागि मंगलबार तयार भएका छन् । यसलाई निजी अन्तरिक्ष यात्राको नयाँ युगमा प्रवेश गर्ने अर्को माइलस्टोन भएको बताईएको छ।
अमेरिकी अर्बपतिले पश्चिम टेक्सासको मरुभूमिको प्रक्षेपण स्थलबाट ११ मिनेटको यात्रा गर्नेछन् । यो उडानले बेलायती प्रतिद्वन्द्वी रिचर्ड ब्रान्सनको अन्तरिक्ष पर्यटन कम्पनी भर्जिन ग्यालाटिकको सफल उद्घाटनलाई चुनौती दिनेछ । ब्रान्सनले अन्तरिक्ष उडान न्यू मेक्सिकोबाट गरेका थिए।
ब्रान्सन पहिले अन्तरिक्षमा पुगे, तर बेजोस थप उचाईमा पुग्ने छन् र ब्लू ओरिजिनको अन्तरिक्ष यान न्यू सेपर्ड करिब १०० किलोमिटरसम्म पुग्नेछ र यसलाई विशेषज्ञहरूले विश्वको पहिलो अनपाइलटेड अर्थात चालकरहित उडान हुने दाबी गरेका छन् । यसमा चालक दल हुनेछैन भने यो स्वचालितरुपमा सञ्चालन हुनेछ।
“म उत्साहित छु, तर चिन्तित छैन। जब म आफ्नो सीटमा पस्दछु तब म कस्तो महसुस गर्छु भनेर हेर्नेछौं,” बेजोसले सोमबार फक्स बिजनेस नेटवर्कसँगको एक अन्तर्वार्तामा भने।
सो यात्रामा यात्रुहरुले केहि मिनेटको लागि सिटबेल्ट खोलेर तौल विहिनको अनुभव गर्न पाउनेछन् । सो रकेटले ३५४० किलोमिटरको गतिमा यात्रुहरुलाई अन्तरिक्षमा लानेछ ।
जेफ बेजोससहितको सो अन्तरिक्ष उडान नेपाली समयअनुसार बेलुका ६ बजेर ४५ मिनेटमा हुनेछ। जसको प्रत्यक्ष प्रशारण कम्पनीको वेबसाइट तथा यूट्यूब च्यानलमार्फत गरिने बताईएको छ । एजेन्सीहरु
प्रकाशित: ५ श्रावण २०७८, मंगलवार