अनलाइन सञ्चारमाध्यम नरोकिने, दर्ता किताबबाट खारेज नगरिने

  • Technology Khabar | ५ श्रावण २०७८, मंगलवार
अनलाइन सञ्चारमाध्यम नरोकिने, दर्ता किताबबाट खारेज नगरिने

काठमाडौं ।

अनलाइन सञ्चारमाध्यम नवीकरण नगरेकै आधारमा अनलाइन सञ्चालनमा रोक लगाउन नपाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागद्वारा सोमबार जारी सूचनामा सो उल्लेख गरिएको छ।

‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ बमोजिम यस विभागबाट अनलाइन सञ्चारमाध्यम दर्ता, नवीकरणलगायतका कार्य हुँदै आएको छ । यसै सम्बन्धमा निर्देशिकाको परिच्छेद ३ दफा ६ को उपदफा ३ मा म्यादभित्र नवीकरण नगराउने अनलाइन सञ्चारमाध्यमको सेवा प्रचलित कानुन बमोजिम रोक लगाउन सकिनेछ,’ भनी उल्लेख भएकामा सोविरुद्ध परेको रिटमा सर्वोच्च अदालतबाट व्यवस्था खारेज भएको विभागले स्पष्ट पारेको छ।

उक्त आदेश बमोजिम गत आर्थिक वर्षमा नवीकरण गर्न छुट भएका अनलाइन सञ्चारमाध्यमको दर्ता विभागमा रहेको दर्ता किताबबाट खारेज नगरिने र नवीकरण हुने जनाइएको छ।

यसअघि दर्ता भएका अनलाइन  सञ्चारमाध्यम वार्षिकरुपमा नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको थियो । विभागले निर्देशिका बमोजिम दर्ता गराउँदै तथा नवीकरण गर्दै आएको छ।

तर विभागले नियमितरुपमा नवीकरण भएका अनलाइन सञ्चारमाध्यमलाई मात्र प्रेस पास दिईने जनाएको छ ।

20210719112809

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...