इसेवा मनि ट्रान्स्फर र कुवेत इण्डिया इन्टरनेशनल एक्सचेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

Technology Khabar ४ श्रावण २०७८, सोमबार

काठमाडौं ।

डिजिटल रेमिट्यान्स्को क्षेत्रमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको बताईएको छ।

कुवेतमा रहेका नेपालीहरूले कुवेत इण्डिया इन्टरनेशनल मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् । साथै कुवेतमा रहेका कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा तथा मोबाईल भ्यान मार्फत पनि नगद रेमिट्यान्स् पठाउन सकिन्छ ।

मोबाईल भ्यान रकम पठाउने व्यक्तिको घर घरमा पुग्नेछ । उक्त रकम नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सिधै इसेवा खातामा लोड गर्न पनि सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: ४ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया