
काठमाडौं ।
एप्पलले गत वर्ष सार्वजनिक गरेको सानो डिस्प्लेसशितको आईफोन १२ मिनी आईफोनहरुमध्ये सबैभन्दा बढी नरुचाइएको मोडल सावित भएको छ।
आईइफोन १२ सँगै बजारमा ल्याइएको यो डिभाइसमा ५.४ इन्चको फुल
स्क्रीन डिस्प्ले, बायोनिक ए१४ प्रोसेसर तथा फाइभजी सपोर्टजस्ता फिचर रहे पनि यसले उपभोक्ताको ध्यान तान्न भने सकेन।
मूल्यका हिसाबले यो फाइभजी स्मार्टफोनहरुमध्ये सबैभन्दा सस्तो भएकाले कम्पनिले यसको बिक्री तथा लवकप्रियता अरुको भान्दा बढी हुने आकलन गरेकोमा बजारमा गएपछि नतिजा त्यसको ठिक उल्टो आयो।
हालै कन्जुमर इन्टेलिजेन्स रिसर्च पार्टनर्स सीआईआरपीले निकालेको अमेरिकी बजारको एक तथ्याङ्कअनुसार आईफोन १२ सरिजले एप्पलको समग्र बिक्रीको ६३ प्रतिशत हिस्सा ओगटेको पाइएको छ।
तर यी सबैमध्ये सबैभन्दा ठूलो स्क्रीन भएको र महँगो आईफोन १२ प्रो को बिक्री सर्वाधिक भएको देखियो। यसले समग्र बजारको २३ प्रतिशत हिस्सा ओटगेको आँकडा छ।
यसै क्रममा सस्तो, राम्रो चिप तथा फाइभजी सपोर्ट भएको आईफोन १२ मिनीको बिक्री भने सबैभन्दा दयनीय देखियो। यसले एप्पलको समग्र बजार हिस्साको ५ प्रतिशत मात्र ओगट्न सक्यो।
यो आँकडा समग्र आईफोन १२ सिरिजको बिक्रीको १० भागको १ भागभन्दा पनि थोरै हो। यसबाहेक अमेरिकी बजारमा जस्तै अन्य वैश्विक बजारमा समेत यसको सानो डिस्प्लेलाई रुचाएनन्।
यसअघिका रिपोर्टहरु अनुसार यो सेटको बिक्री विश्व बजारमा पनि ज्यादै नीरिह देखिएको थियो।
प्रकाशित: ४ श्रावण २०७८, सोमबार