पोको एक्स३ जीटी आगामी जुलाइ २८ मा सार्वजनिक हुने

Technology Khabar ४ श्रावण २०७८, सोमबार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो सहायक ब्रान्ड पोकोको नयाँ स्मार्टफोन पोको एक्स३ आगामी जुलाई २८ मा मलेसियामा सार्वजनिक गर्ने भएको छ।

कम्पनीले यो महिनामा एक हप्ताको फरक पारेर दुई ओटा गेमिङ फोन सार्वजनिक गर्ने तालिका बनाएको छ। जसअन्तर्गत जुलाई २३ मा पोको एफ३ जीटी तथा २८ पोको एक्स३ जीटी बजारमा ल्याउने भएको हो।

यो इभेन्ट पोकोको आधिकारिक फेसबुक पेजमा लाइभस्ट्रिम गरिने बुझिएको छ।

समपूर्ण रुपमा पुष्टि नभए पनि चीनमा उपलब्ध रेडमी नोट १० प्रोलाई नै रिब्रान्डिङ गरेर पोको एक्स३ का रुपमा विश्वव्यापी सार्वजनिक गर्न लागिएको चर्चा चलेको छ।

पोको एक्स३ जीटी

पोको एक्स३ जीटीमा ६.६ इन्चको १२० हर्ज रिफ्रेश रेटसहितको एलसीडी डिस्प्ले दिइएको छ भने सुरक्षाका लागि गोरिल्ला ग्लास भिक्टस उपलब्ध छ। यसले एचडीआर १० सपोर्ट गर्छ।

मिडियाटेकको डाइमेन्सिटी ११०० चिपसेट रहने यो डिभाइसमा यूएफएस ३.१ स्टोरेज, ६४ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअपका साथमा सेल्फीका लागि १६ मेगापिक्सेल क्षमताको शूटर रहनेछ।

यसमा ६७ वाट फास्ट चार्जरसहितको ५००० एमएएचको ब्याट्री दिइएको छ।

प्रकाशित: ४ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया