३१९ टीबीपीएस डाटा ट्रान्सफर गर्दै जापानद्वारा इन्टरनेट स्पीडमा नयाँ कीर्तिमान

Technology Khabar ४ श्रावण २०७८, सोमबार

काठमाडौं ।

जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड कम्युनिकेशन टेक्नोलोजी एनसीआईटीका वैज्ञानिकहरुले हालै ३१९ टीबीपीएस डाटा ट्रान्सफरको कीर्तिमान कायम गरेका छन्।

मदरबोर्ड रिपोर्ट्सका अनुसार यो आँकडा सन् २०२० अगस्टमा बेलायत तथा जापानका वैज्ञानिकहरुको सहकार्यमा भएको हालसम्मकै कीर्तिमानी डाटा ट्रान्सफर गति १७९ टीबीपीएसको लगभग दोब्बर हो।

एनसीआईटी आफ्ना इन्टरनेट पाइपलाइनको प्रत्येक चरणमा भर्चुअल हिसाबले अपग्रेड गरेपछि यो कीर्तिमान कायम गर्न सफल भएको हो।

यसमा फाइबर अप्टिकलाइनमा एउटाको सट्टा ४ ओटा कोरहरु रहेका थिए भने अनुसन्धाताहरुले एम्प्लिफायरहरुको मद्दतले विविध तरंग लम्बाइका ५५३ च्यानल कम्ब लेजर प्रक्षेपण गरेका थिए।

यो परीक्षण पूर्ण रुपमा प्रयोगशालामा भएकोले अनुसन्धान टोलीले डाटा ट्रान्सफरका लागि क्वाइल गरिएको फाइबर प्रयोग गरेर १८६४ माइलसम्म सिग्नल गुणस्तर तथा स्पीडमा कुनै तलमाथि नहुने गरी डाटा पठाउन सफल भएका थिए।

यो सफलता हात लाग्न यसअघि यस प्रकारका थुप्रै परीक्षणहरु गरिसकिएका छन्। यो नेटवर्काम ४ कोर फाइबरले काम गर्ने भएकोले यो परियोजनाको खर्च भने निकै उठ्ने देखिन्छ।

यो प्रविधि शुरुवातमा खर्चभन्दा बढी इन्टरनेट क्षमतालाई प्राथमिकता दिने इन्टरनेट तथा अन्य नेटवर्किङ परियोजनाहरुमा प्रयोग हुन सक्ने आकलन गरिएको छ।

यसले इन्टरनेट प्रयोगलाई पनि प्रभाव पार्न सक्छ। यसबाट एनसीआईटीका अनुसन्धाताहरुले आफ्नो फाइभजीपछिको ६जी प्रकारको फाइबर बनाउन सकिनेमा विश्वस्त भएका छन्।

प्रकाशित: ४ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया