नेटवर्किङ व्यवसाय क्रिप्टोकरेन्सी मोडेलमा, बाणिज्यले ५० उजुरी सीआईबी पठायो

  • Technology Khabar | ४ श्रावण २०७८, सोमबार
नेटवर्किङ व्यवसाय क्रिप्टोकरेन्सी मोडेलमा, बाणिज्यले ५० उजुरी सीआईबी पठायो

काठमाडौं ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैधानिक रूपमा सञ्चालनमा रहेका नेटवर्किङ व्यवसायसम्बन्धी उजुरीहरू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाएको छ।

विभागका अनुसार अघिल्लो वर्ष नेटवर्किङ व्यवसाय गर्ने व्यक्ति फर्मविरुद्धमा ५० वटा बढी उजुरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पठाइएको हो । विभागका अनुसार अनलाइनमार्फत नेटवर्किङ व्यवसायका नाममा विदेशमा रहेका नेपालीसँग लाखौँ रुपियाँ ठगी भएका उजुरी आएका छन् ।

विभागका निर्देशक शिवराज सेढाईंले जुम कार्यक्रममार्फत नेपालमा निषेध गरिएको क्रिप्टोकरेन्सी मोडेल (पैसा/पैसाको लेनदेनको कारोबार) पैसा तिर्नुपर्ने कृत्य कारोबार भएको बताए । निर्देशक सेढाईंले जोसियलजस्ता अन्य धेरै कम्पनीले नेटवर्किङ व्यवसाय गरेर आकर्षक कमाइ हुने भन्दै सर्वसाधारणलाई भ्रममा पार्ने र पैसा ठगी गर्ने गरेको पाइएको जानकारी दिए ।

विभागका अनुसार हाइपर फन्ड ग्लोबल, जोसियल, सीआरयू, विन्टर, क्राउड वान, सोलम्याक्स, पोइन्टलगायत स्वदेशी तथा विदेशी व्यक्ति/फर्म एवं कम्पनीले समेत प्रत्यक्ष बिक्रीका नाममा गैरकानुनी रूपमा अनलाइन माध्यमबाट नेटवर्किङ शैलीमा व्यवसाय गरिरहेको उजुरी आएका छन् ।

कोभिडका कारण घरघरमा जान नसके पनि कम्पनीका प्रतिनिधिहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । पछिल्लो पटक दाङ, झापा, मोरङ, सुनसरी क्षेत्रमा भारतीय कम्पनी मल्टिलेभल मार्केटिङ (एमएलएम)मा व्यवसायी नै आबद्ध भएका गुनासा आएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता सेढाईंले त्यस्ता व्यक्ति एवं कम्पनीलाई पक्राउ गरी कारबाही गर्ने अधिकार र संयन्त्र विभागसँग नभएकाले प्रहरीसँगको सहकार्यमा काम गरिरहेको जानकारी दिए ।

विभागसँग यो प्रकृतिको कसुरमा कारबाही गर्ने क्षमता छैन् । त्यही भएर प्रहरीकै सहयोगमा काम गरिरहेको भन्दै उनले भने, “विभागले सीआईबीलाई चिठी पठाएको छ । यस्ता उजुरीलाई अनुसन्धान गर्ने काम भएको छ ।”

विभागले व्यवसायका नाममा हुने ठगीप्रति सचेत रहन पनि आमनागरिकलाई आग्रह गरेको छ । विभागले केही व्यक्तिले अवैधानिक नेटवर्किङ व्यवसायको धन्दा चलाएर विदेशमा रहेका नेपाली श्रमिकलाई समेत ठगी गर्ने क्रम बढेको पाइएकाले यस्ता कार्यप्रति सचेत गराएको हो । गोरखापत्र

प्रकाशित: ४ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार