मेरोशेयर एपमा नयाँ सेवा सुबिधाहरु थपियो

  • Technology Khabar | ४ श्रावण २०७८, सोमबार
मेरोशेयर एपमा नयाँ सेवा सुबिधाहरु थपियो

काठमाडौं ।

मेरोशेयर एपमा नयाँ सेवा सुबिधाहरु थप भएको छ। सिडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरोशेयर एपको डिजाइन परिवर्तन गरेको छ । सिडीएसले आइतबारदेखि एपमा डिजाइन परिवर्तन गरेर केहि फिचर थप गर्दै संचालनमा ल्याएको हो ।

अब एपमा फिंगरप्रिन्ट लगईनको सुविधा थप गरिएको छ। जसअनुसार एक पटक आफ्नो आईडी पासवर्ड हालेर लगईन गरिसकेपछि फिंगरप्रिन्ट लगईन सेट गर्न सकिन्छ । त्यस्तै एपको लेआउट पनि परिवर्तन भएको छ ।

यस अघि एपमा हुने विकल्पहरु देब्रे भागमा रहने गरेकोमा अब भने एपको तल राखिएको छ । माई शेयर अप्सनमा आफुसँग भएको कम्पनीको शेयरको विवरण हेर्न सकिन्छ भने यदि शेयर फ्रिज भएको, प्लेजमा रहेकोलगायतका विवरण पनि त्यस बाट नै हेर्न सकिन्छ ।

त्यस्तै नयाँ आर्थिक वर्षदेखि लागु भएको पूँजीगत लाभकरको दर अनुसारको विवरण प्रविष्ट गर्नको लागि माइ पर्चेच सोर्ससँगै माई होल्डिंग अप्सन पनि थप भएको छ।

एपमा थपिएको नयाँ फिचर प्रयोग गर्न गुगल प्ले स्टोरमा गएर एप अपडेट गर्नुपर्ने हुन्छ ।

प्रकाशित: ४ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...