ह्वावे पी५० सिरिजको बेस भेरियन्ट आगामी जुलाइ २९ मा सार्वजनिक हुने

  • Technology Khabar | ४ श्रावण २०७८, सोमबार
ह्वावे पी५० सिरिजको बेस भेरियन्ट आगामी जुलाइ २९ मा सार्वजनिक हुने

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नो प्रतिक्षित पी५० सिरिजको बेस भेरियन्ट आगामी जुलाइ २९ मा सार्वजनिक गर्ने भएको छ।

क्वालकमको स्न्यापड्रागन ८८८ चिपसेटयुक्त विश्वकै पहिलो फोरजी स्मार्टफोनका रुपमा चर्चित यो डिभाइस सार्वजनिक गर्ने मितिका बारेमा हालै कम्पनीले नै आधिकारिक जानकारी बाहिर ल्याएको हो।

अमेरिकालगायतका मुलुकमा ह्वावेमाथि फाइभजी सेवामा काम गर्न प्रतिबन्ध लगाइएकाले उसले आफ्ना फ्ल्यागशिप स्मार्टफोनहरु फोरजी भेरियन्टमै ल्याउनुको विकल्प नभएकाले यसो गर्न लागेको बुझिएको छ।

दुर्भाग्यवश हालका लागि ह्वावे पी५० प्रो का बारेमा कुनै जानकारी बाहिर आएको छैन। तर यसअघि बाहिर आएका विभिन्न जानकारी र समाचारहरुका अनुसार यसमा किरिन ९००० चिपसेट रहने र पछि स्न्यापड्रागनको चिपसेट प्रयोग गरिने बुझिएको छ।

एउटै मोडलमा दुई भिन्न चिपसेट राख्नुमा गत वर्षदेखि भइरहेको विश्वव्यापी चिप अभाव तथा ह्वावेका लागि आवश्यक कच्चा पदार्थ बनाउने अमेरिकी कम्पनीहरुले ट्रम्प प्रशासनको ह्वावेसँग व्यापार सम्झाैता गर्न नपाउने निर्णयका कारण भएको हो।

ह्वावेले चिप अभावकै कारण पर्याप्त चिप माैज्दात राख्न नसकेकाले मोजदात रहुन्जे किरिन ९००० र त्यो सकिएपछि स्न्यापड्रागन प्रयोगमा ल्याउने बताएको छ।

कम्पनीका अनुसार माैज्दात किरिन चिप आगामी नोभेम्बरसम्मका लागि पुग्ने र डिसेम्बरपछि स्न्यापड्रागनका चिपसेटयुक्त पी५० प्रो उत्पादन हुनेछन्।

प्रकाशित: ४ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ४ श्रावण २०७८, सोमबार