एनएमबी बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

  • Technology Khabar | ४ श्रावण २०७८, सोमबार
एनएमबी बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं ।

एनएमबी बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

परिषदमा आवद्ध नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सबै सदस्यले परिषदलाई तिर्नुपर्ने सबै भुक्तानीहरू अनलाइन मार्फत् गर्न सकिने व्यवस्था मिलाइएको हो।

परिषदका कार्यालय प्रमुख राम राज भट्टराईले अनलाईन भुक्तानी कार्य गरेकोमा बैंकलाई धन्यवाद दिए।

साथै एनएमबि बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले नगद सहितबाट नगदरहित समाज निर्माणतर्फ उन्मुख भएको बताए।

परिषद अन्तर्गत आवद्ध भृकुटीमण्डप परिषरका दुई हजार सदस्यलगायत ५० हजार बढी एनजिओ र दुई सय बढी आइएनजिओले उक्त भुक्तानी प्रणालीबाट लाभान्वित हुने विश्वास लिइएको छ।

यो बैंकको हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू छन्।

प्रकाशित: ४ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार