
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरु मंगल ग्रहमा रहेका प्राचीन जीवनका प्रमाणहरु खोजीकार्यमा लागेका छन्।
यस क्रममा उनीहरुले उक्त ग्रहमा रहेका यस्ता प्रमाणहरु नष्ट गरिएको पाइएको खुलासा गरेका छन्।
मंगल ग्रहमा रहेका जीवनसमम्बन्धी प्रमाणहरुको रेकर्ड नासाको क्यूरियोसिटी रोभरका मेशिनमा रहेका छज्। उक्त रोभरमा ती प्रमाणहरु मेटाउने प्रयास भएको तथ्य पनि रेकर्ड भएको छ।
तर ती प्रमाण अन्य कुनै ग्रहका प्राणी वा अन्य जीवले नभइ समयक्रम तथा त्यहाँको कडा वातावरणका कारण बिस्तारै क्षीण हुँदै गएको बुझिएको छ।
नासाले हालै गरेको नयाँ अध्ययनका क्रममा मंगल ग्रहका केही भागबाट प्राचीन जीवनका उपलब्ध प्रमाणहरु मेटाइएको वा क्षीण भएर गएको पाइएको छ।
यी प्रमाणहरु क्युरियोसिटी रोभरले त्यहाँको सतहका ढुंगामाटोको जाँच गर्ने क्रममा भेटाएको हो। हाल मंगल ग्रहको गेल क्रेटर भन्ने क्षेत्रमा रहेको रोभरले त्यहाँ यसअघि कुनै जीवन थियो वा थिएन भन्ने अनुसन्धान गरिरहेको हो।
गेल क्रेटर क्षेत्र पहिले विशाल तलाउ रहेको र समयक्रममा पानी सुकेर मैदान जस्तो आकारमा रहेको वैज्ञानिकहरुको भनाइ छ।
यो ताल करिब ३ अर्ब ३६ करोड वर्षअघि मंयल ग्रह कुनै उल्कपिण्डसँग ठोक्एर बनेको खगोलविद्हरु विश्वास गर्छन्।
उक्त क्षेत्रमा ओसिलो माटो भेटिनुले त्यहाँ जीवनको सम्भावना भएको पुष्टि गरेको आकलन गरिएको छ। ढुंगाबाट खनिज तत्व छुट्टिएपछि पानीसँग मिलेर सडेपछि उक्त ओसयुक्त माटो बन्ने गर्दछ।
जीवनको सम्भावनाको पहिलो प्रमाण हो भने गिनीहरुले माइक्रोबियल जीवावशेषलाई बर्षोवर्षसम्म सुरक्षित राख्छ।
क्यूरियोसिटी रोभरले प्राचीन मडस्टोन अर्थात् माटो मिसिएको पत्थरको दुई ओटा नमूना संकलन गरेको छ। यीमध्ये एउटामा अधिकांश सेडिमेन्ट्री चट्टान समावेश रहेको थियो जुन हाल सुक्खा भएको तालको एउटा भागमा थियो।
करिब ३ अर्ब ५० करोड बर्षअगाडिको ताल क्षेत्रमा पाइएको यो चट्टानमा भित्रपट्टि अपेक्षा गरिएको भन्दा ज्यादै थोरै थियो।
तर यसभित्र आइरन अक्साइडको मात्रा धेरै भएका कारण यो सम्पूर्ण ग्रहको रंग रातो भएको बताइन्छ। यसरी चट्टानभित्रका माटो गायब हुनु राम्रो कुरा नभएको र सयाैं वर्षपहिले यहाँ बग्ने नूनिलो पानीले खियाएर यस्तो भएको हो।
What's behind this Martian cover-up? ????️♀️https://t.co/zVByeIu4W6
— Live Science (@LiveScience) July 17, 2021
नासाको क्यालिफोर्नियामा रहेको अमेस रिसर्च सेन्टरका शोधकर्ता तथा यस अध्ययनका प्रमुख लेकर टम ब्रिस्टोले खनिजहरुले पूर्ण यो माटोको पत्र सयै वर्षको दोरान सकिएको बताए।
उनका अनुसार अब गेल क्रेटरभित्र अहिले पनि चट्टान जमिरहेको हुन सक्छ। यी चट्टानमा करोडाैं वर्ष अगाडिका जीवनको प्रमाण भेट्न सकिने अपेक्षा गरिएको छ।
प्रकाशित: ४ श्रावण २०७८, सोमबार