Technology Khabar ३ श्रावण २०७८, आईतवार
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले नयाँ एन्ड्रोइड अपरेटिङ सिस्टम तथा एमआईयूआई अपडेट उपलब्ध गराउने भएको छ।
यो अपडेटमा चिनियाँ बजारमा उपलब्ध भएका फ्ल्यागशिप पहिलो प्राथमिकता दिइने बुझिएको छ।
दुई हप्ताअघि शाओमी, रेडमी, पोको तथा ल्याक शार्क मोडलका विभिन्न मोडलहरुको सूची निकालेर एन्ड्रोइड १२ अपडेट उपलब्ध हुने बताइएको थियो।
यो आधिकारिक सूची नभए पनि शाओमीको सपोर्ट नीति अनुरुप एमआईयूआई डेभलपरका तर्फबाट आएका तथ्याङ्कमा आधारित भएर बनाइएको थियो।
हाल आएर पोको सी३, पोको एम२ तथा पोको एम२ पनि एन्ड्रोइड १२ अपडेट पाउने सूचीमा पर्ने बुझिएको छ।
यसबाहेक रेडमी नोट ९ फोरजी, रेडमी ९ टी तथा रेडमी पावरमा पनि एन्ड्रोइडको नयाँ भर्सन अपडेट हुनेछ।
शाओमी एमआई ११ सिरिज, शाओमी एमआई १०, एमआई १० प्रो, एमआई १० अल्ट्रा, एमआई १० टी, एमआई १० टी प्रो र रेडमी के३० एस अल्ट्रा जस्ता फ्ल्यागशिप डिभाइसहरुमा एन्ड्रोइड १२ को स्टेबल भर्सन शुरुवातमा उपलब्ध हुने बुझिएको छ।
यसबाहेक एमआईयूआई १३ अपडेट पाउने डिभाइसहरु यसप्रकार छन्:
शाओमी एमआई ११ सिरिज
शाओमी एमआई १० सिरिज
शाओमी एमआई मिक्स फोल्ड
रेडमी नोट १० सिरिज
रेडमी नोट ९ लाइन
रेडमी के४० सिरिज
रेडमी के३० सिरिज
रेडमी के२० सिरिज
रेडमी ९ लाइन
रेडमी १० एक्स सिरिज
पोको एम२/एम २ प्रो
पोको एक्स३/ पोको एक्स३ एनएफसी/ पोको एक्स३ प्रो
पोको एक्स२/एक्स२ प्रो
ब्ल्याक शार्क ४/४ प्रो
ब्ल्याक शार्क ३/३ प्रो/३एस
ब्ल्याक २/२पी
प्रकाशित: ३ श्रावण २०७८, आईतवार