वर्डप्रेसको माउ कम्पनी अटोम्याट्टिकद्वारा पडकास्ट एप पकेट कास्ट्सको स्वामित्व ग्रहण

Technology Khabar ३ श्रावण २०७८, आईतवार

काठमाडौं ।

वर्डप्रेसको माउ कम्पनी अटोम्याट्टिकद्वारा पडकास्ट कम्पनी पकेट कास्ट्सको स्वामित्व ग्रहण गर्ने भएको छ।

अटोम्याट्टिकले गत शुक्रबार पूर्ण रुपमा फिचर्ड पडकास्ट सुन्ने एप पकेट कास्ट्सको स्वामित्व अब आफू अन्तर्गत आउने घोषणा गरेको हो।

अटोम्याट्टिकको मातहतमा रहेर पकेट कास्ट्सले फडकास्ट सुन्ने अनुभवमा अझ राैनक थप्ने गरी काम गर्ने विभिन्न फिचरहरु ल्याउने बताइएको छ।

अटोम्याट्टिकले वर्डप्रेस डटकम तथा पकेट कास्ट्सलाई एकीकृत गरी पडकास्टहरु वितरण गर्न तथा सुन्न अझ सहज हुने बनाउन कम्पनी लागिपर्ने जनाएको छ।

यसबाहेक कम्पनीले आफ्ना यूजरलाई आफ्ना भावना तथा कथाहरु प्रस्तुत गर्ने धेरैभन्दा धेरै तरिकाहरु उपलब्ध गराउन पाउँदा आफूहरुलाई खुशी लागेको पनि बताएको छ।

पकेट कास्ट्सको स्वामित्व अटोम्याट्टिक मातहत भए पनि यसले स्वतन्त्र रुपमा काम गर्ने बुझिएको छ। यसका सह संस्थापकहरु रसल इभानोभिक तथा फिलिप सिम्पसन ले पकेट कास्ट्सलाई अगाडि बढाउने बताइएको छ।

प्रकाशित: ३ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया